विश्वासिलो र भरपर्दो अस्पतालको रोजाईमा सिद्धार्थनगर सिटी अस्पताल
लुम्बिनीखबर । झब्बर यादव
सिद्धार्थनगर, २३ माघ । महामानव गौतम बुद्घको जन्मस्थल लुम्विनिको प्रवेश नगरी सिद्घार्थनगरमा लुम्विनी प्रदेशकै आधुनिक र सुविधा सम्पन्न १०० वेडमा संचालित सिद्धार्थनगर सिटी हस्पिटल सवैको विश्वासिलो र भरपर्दो अस्पतालको रोजाईमा परेको छ ।
लुम्बिनी राजमार्गको नजिकै रहेकोले राजमार्गमा दुर्घटना लगायतका केशहरु, ट्रमा अन्तरगत हाडजोर्नी तथा न्युरो सर्जरी सेवा, धेरै प्रभावकारी रहेको छ ।
अस्पतालमा विभिन्न किसिमका केशहरु, ट्रमा अन्तर्गत रहेर हाडजोर्नी न्यूरो, सर्जरी सेवाहरुको ठुला ठुला सल्यक्रियाहरु हुने भएको सिद्धार्थनगर सिटी अस्पतालका निर्देशक डा. अमित चर्तुवेदीले बताउनुभयो ।
सिद्धार्थनगर सिटी अस्पतालमा जनरल तथा ल्याप्रोस्कोपी सर्जरी सेवा, वालरोग सेवा, प्रसुती रोग सेवा, मृगौला रोग सेवा, जनरल मेडिसिन सेवा, छाला रोग सेवा तथा नाक कान घाँटी रोग सेवा संचालन गर्नुको साथै धेरै प्रभावकारी सेवा प्रवाह गर्दै आईरहेको छ ।
सिद्धार्थनगर सिटी अस्पतालमा क्षेत्रमै पहिलो पटक अत्याधुनिक तिन वटा मोडुलर अप्रेशन थिएटर, ६४ स्लाईसको सिटी स्क्यान मेसिन, मोडुलर ल्याव, हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा, आई.सि.यु, एनआई सि.यु. सेवा अमेरिका तथा जर्मनमा निर्मित मेसिनहरुवाट काठमाडौं तथा विभिन्न प्रतिष्ठित अस्पतालहरुमा कार्यरत विशेषज्ञ डाक्टरहरु फुल टाईमको रुपमा कार्यरत रहि सेवा प्रदान गरिरहेको अस्पतालका निर्देशक डा.चर्तुवेदीले बताउनुभयो ।
यस अस्पतालमा संचालित विभिन्न प्याकेज तथा सेवा हरु मध्ये जनरल सर्जरी अन्तर्गत पत्थरी, हर्निया, एपेन्डीक्स, पायल्स लगायत पेटका ठुला ठुला अपरेसनहरु गरी अस्पताल सफल भएको देखिन्छ । अस्पतालमा पेट सम्बन्धी अहिले थप नयाँ लेटेष्ट प्रविधी सुक्ष्मदर्शक यन्त्र तथा दुर्बिनको प्रयोग गरी अपरेसनहरु गरीने हुदाँ घाँउहरुमा ईन्फेक्सन नहुने हुदाँ विरामीहरु लामो समय अस्पतालमा बस्नुपर्ने वाध्यता नरहेको अस्पतालका निर्देशक डा. चर्तुवेदीले जनाउनुभयो । अस्पतालले विरामीको रोगवारे चेकजाँच गरी आफ्नो साधन स्रोतहरुको प्रयोग गरी विभिन्न रोगमा सफल रहेको बताउनुभयो ।
अस्पतालमा विरामीको लामो बसाई नहुदाँ पनि यो प्रविधीको सफल रुपमा प्रयोग भएको विश्वास रहेको बताउनुभयो । क्षेत्रमै अत्याधुनिक तिन वटा मोडुलर अप्रेशन थिएटरहरु रहेको सिद्धार्थनगर सिटी अस्पतालमा जटिल तथा ठुला ठुला अपरेशनहरु ग्रिने गरिन्छ उक्त अप्रेशन थिएटरमा अपरेसन गरी सकेपछि संक्रमणको संभावना कम हुने तथा अपरेसन गरी सकेपछि चाहिने सुविधा सम्पन्न पोष्ट अपरेटिभ, मोडुलर आई.सि.यू लगायतका सेवाहरु पनि ओटी कम्पलेक्स नजिकै रहेको रहेको बताउनुभयो ।
यस अस्पतालमा सफा सुग्घर अत्याधुनिक मेसिन, काठमाडौं, चितवन लगायतका प्रतिष्ठीत अस्पतालहरुबाट अनुभव प्राप्त डाक्टरहरुबाट सेवा दिने हुदाँ विदेशी विरामीहरुको समेतको रोजाईमा पर्न गएको बताउनुभयो ।
यस अस्पतालमा थाईल्याण, स्पेन, प्रोचुगल, चिन, लगायतका देशका विरामीहरुको सल्यक्रिया एवम् उपचार गरिएको छ । जसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रि स्तरमा समेत परिचित भएको र योगदान समेत रहेको छ ।
विरामीको चाप र विरामीको वढ्दो क्रम भएको हुदाँ गुणस्तरीय सेवा छिटो छरितो प्रदान गर्नको लागि अस्पताल द्वारा थप १ जना फुलटाईम सल्यचिक्तिसकको रुपमा प्रहरी अस्पताल काठमान्डौ, लुम्विनी प्रादेशिक अस्पताल बुटवल, धरान लगायत विभिन्न अस्पतालहरुमा लामो समय अनुभव प्राप्त जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा. हरी शर्मा लाई माघ २१ गते देखि नियुक्त गरिएको छ साथै आवश्यक पर्ने औजार उपकरणहरु थप गरिएको जानकारी दिनुभयो ।
अत्याधुनिक उपकरण र लामो अनुभव प्राप्त विशेषज्ञ डाक्टरहरुको व्यवस्था भएको हुदाँ चितवन, काठमाडांै तथा भारत जस्ता सहरहरुमा उपचारको लागि जाने विरामीहरु यही अस्पतालमा आई उपचार गराईरहेका बताउनुभयो ।
यस अस्पतालले थाईल्याणको श्रीराज अस्पतालसंग सहकार्य गरी ३२ जना गरिव तथा विपन्न वर्गका विरामीहरुको घुडाँ प्रत्यारोपण जस्तो जटिल र महँगो सेवा निःशुल्क रुपमा २ दिनमा ३२ जनाको प्रत्यारोपण सफल भएको छ । जसमा थाई सरकारको पुर्ण सहयोग रहेको थियो । उक्त सेवा प्रदान गर्नको लागि थाईल्याणको श्रीराज अस्पतालबाट ३५ जना डाक्टर, नर्स तथा यस अस्पतालका डाक्टर, नर्सहरको सहभागितामा सो सेवा प्रदान गरिएको थियो । साथै यस अस्पतालले प्रदेशकै सुविधा सम्पन्न मुटुरोग सेवा संचालनको लागि आवश्यक भौतिक पुर्वाधारको निर्माण गरीसकेको छ र निकट भविष्यमा क्याथ ल्याव सेवा सहितको मुटु रोग सेवा संचालनको तयारीमा रहेको अस्पतालका निर्देशक डा. चर्तुवेदीले जनाउनुभयो ।