असलम खाँन । लुम्बिनीखबर
मर्चवार, २४ माघ । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न झबीलाल भट्टराई थप जिम्मेवारी पाउनु भएको छ ।
हाल जिल्लाकै मर्चवारी गाउँपालिकामा कार्यरत रहेका भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिगत २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत बिहीन रहेको कोटहीमाई गाउँपालिकमा थप जिम्मेवारी दिएपछि सोमबारदेखि कार्यभार सम्हालेका हुन् ।
माघ १९ गते मन्त्रालयको निर्णय अनुसार अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नभएसम्म मर्चवारी गाउँपालिका र कोटहीमाई गाउँपालिकाका दुबै गाउँपालिकाको काम काज गर्ने जिम्मेवारी भट्टराईलाई तोकेको हो ।
माघ २२ गते सोमबार कोटहीमाई गाउँपालिकामा गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत भट्टराईले नेपाल सरकारका कर्मचारी भएपछि दिएको जिम्मेवारी पुरा गर्न सबै कर्मचारीको प्रमुख दायित्व रहेको बताए । कोटहीमाई गाउँपालिकामा लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत नआएकोले विकास निर्माण संगै कर्मचारी लगायतले पाउने तलब र सेवा सुविधा प्रभावित भएको कुरालाई मध्य नजर गरी काम गर्न आएको भट्टराईले कार्यक्रममा बताए । नेपालको कानुन भित्र रही देशको हितमा काम गर्ने बताए ।

प्रमुख प्रशासकीयको स्वागत कार्यक्रमका अध्यक्ष तथा कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले कर्मचारी र जनप्रतिनिधिको सकारात्मक सम्बनधले मात्र गाउँपालिकाको विकास हुने बताए । अध्यक्ष त्रिपाठीले भने ‘कर्मचारी कर्मचारी भएर काम गर्नुपर्दछ र जनप्रतिनिधिले जनप्रतिनिधि भएर काम गर्नुपर्दछ । सबैले आफ्नो जिम्मेवारी, दायित्व र अधिकार बुझेर काम गरिदिए कोटहीमाईमा विकास हुन समय लाग्दैन ।’
अध्यक्ष त्रिपाठीले केही समयदेखि विभिन्न सेवाहरु अवरोध रहेकोलाई मध्य नजर गरी कामको गतिलाई तिब्र राख्न प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई अग्रह समेत गरेका थिए ।
उक्त प्रमुख प्रशासकीयलाई स्वागत कार्यक्रममा गाउँपालिका वास संयोजक अजय सिंह क्षेत्रीको संचालनमा र कम्पयुटर अपरेटर सनोज चौधरीले स्वागत मन्तब्यमा र गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिको उपस्थिति रहेको थियो थिए ।