logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ट्रान्सफर्मर चोर्ने चोरको विगविगी


    २४ माघ २०८० , बुधबार

    ट्रान्सफर्मर चोर्ने चोरको विगविगी

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, २४ माघ । रुपन्देहीको रोहिणी गाउँपालिकामा भित्र सिचाईका लागि जडान भएको ट्रान्सफर्मर ललितपुर पकडिहवामा २२ गते सोमवार राती चोरी भएको छ ।
    सिचाई बुटवल भूमिगत जलसिचाई परियोजना द्वारा प्राप्त हरियाली डिपट्यूवेल ५० के.भी.का ट्रान्सफर्मर चोरी भएको सिचाई उपभोक्ता समितिका अध्यक्ष मुहम्मद ईदिस खानले बताएका छन् ।
    रोहिणी गाउँपालिका अन्तर्गतको वडा नम्बर ६ मा पर्ने ललितपुर पकडिहवा गाउँका किसानहरुकोखेती योगय जग्गा असिचित क्षेत्र रहेको सो क्षेत्रलाई सिचाई द्वारा हामी किसानहरु लाभकारी हिसाबले खेती गर्दै आई रहेका तिए । ट्रान्सफर्मर चोरी हुदाँ आफू साहै्र चिन्तित भएको अध्यक्ष खानले चिन्ता व्यक्त गरेका थिए ।
    ट्रान्सफर्मर चोरीको जानकरी पिपरहवा प्रहरी चौकी धकधई विद्युत्त सबस्टेन धकधई र स्थानीयको रोहवरमा मुचुलका गरी सिचाई बुटवल भूमिगत जल सिचाई परियोजनालाई जानकारी गराएको खाने बताएका थिए ।
    स्थानीय कृषकहरुले डिपट्यूवेलको सिचाईको सुविधा भएदेखि धाँन खेती र गँहु खेतीका साथै तरकारी खेतीमा समेत आश्रित रहेको स्थानीय कृषकहरु बताउछन् ।


    ट्रान्सफर्मर चोरी हुँदा हामी तरकारी खेती गर्ने कृषकहरु चिन्तित भएको एक कृषकले चिन्ता व्यक्त गरेका थिए ।
    यस्ता चोरहरुको खोज तलास गरी कानूनी दायरामा ल्याई कडा कार्यवाहीको लागि जोडदार माग गर्दै आफू कृषकहरुले खोज तलासमा सहयोग गर्ने उपभोक्ता समितिले जनाएको छ ।
    यस्ता चोरहरु माथि सम्बन्धित निकायको ध्यान केन्द्रित हुनु आवश्यक रहेको अध्यक्ष खाँनको अग्रह समेत रहेको छ ।
    यसै गरी माघ महिनामा नै ओमसतिया गाउँपालिका वडा नं. ५ दिपनगरमा र कदमहवाको संयुक्त सिचाई नलकुल नं. ३७ को ट्रान्सफर्मर चोरी भएको स्थानीयहरुको भनाई रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.