logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सीमा स्तम्भ मर्मत नवलपरासीमा सुरु


    २४ माघ २०८० , बुधबार

    सीमा स्तम्भ मर्मत नवलपरासीमा सुरु

    लुम्बिनीखबर
    नवलपरासी, २४ माघ । पश्चिम नवलपरासीको सिमानाकाको दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको मर्मत तथा रङरोगन गर्ने काम सुरु भएको छ ।
    नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा मर्मत र रंगरोगनको काम सुरु गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण हेडक्वाटरका प्रमुख एसपी धीरेन्द्रराज न्यौपानेले बताए ।
    सोमबार एक कार्यक्रमकाबीच नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बल (एसएसबी)ले संयुक्तरुपमा स्तम्भ नम्बर ५ सय ७ बाट सीमा स्तम्भ मर्मतको काम सुरु गरेका हुन् ।
    नवलपरासीमा नेपाल–भारत दशगजा क्षेत्रमा १६ वटा सीमा स्तम्भ रहेका छन् । जसमा १३ वटा मुख्य र ३ वटा सहायक स्तम्भ रहेको छन् । नेपालले बिजोर नम्बरको स्तम्भ मर्मत गर्ने छ भने भारतले जोर नम्बरको स्तम्भ मर्मत गर्नेछ ।
    जिल्लामा ४१ किलोमटिर क्षेत्र भारतीय सीमानासँग जोडीएको भएपनि २७ किलोमिटरमा मात्र सीमा स्तम्भ रहेको छ । सुस्ता गाउँपालिका–५ को नारायणी पारीको क्षेत्रमा सीमा स्तम्भ छैन। जसको कारण नेपाल र भारतबीच पटक–पटक सीमा विवाद हुँदै आएको छ ।सुस्ताबासीले लामो समय देखि सीमा स्तम्भ राख्न माग गरेपनि नेपाल र भारतबीच सीमा विवाद हुदा स्तम्भ राखीएको छैन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.