logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ओमसतिया – ४ र ५ मा सामाजिक सुरक्षा भत्ता संगै कम्वल वितरण सम्पन्न


    २४ माघ २०८० , बुधबार

    ओमसतिया – ४ र ५ मा सामाजिक सुरक्षा भत्ता संगै कम्वल वितरण सम्पन्न

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, २४ माघ । ओमसतिया गाउँपालिका वडा नम्बर ४ र ५ ले चिसोको समयलाई मध्यनजर गरेर १७ गते एक कार्यक्रमको आयोजना गरी कम्वल वितरण कार्य सुरु गरेर सम्पन्न गरेको छ ।
    २०८०।०८१ मा विनियोजिन गरेअनुसार दुईटै वडाले जेष्ठ नागरिक एकल महिला अपाङ्ग समेतलाई सामाजिक सुरक्षा भत्ताको साथै कम्बल वितरण गरेको गाउँपालिकाको सूचना शाखाले जनाएको छ ।
    सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, एक्ल महिला, अपाङ्गलाई वर्णीकरण गरि सामाजिक सुरक्षा भत्ताका साथै कम्बल वितरण गरेको गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवको नीजि सचिवालयले जनाएको छ ।
    कम्बल एवम सुरक्षा भत्ता वितरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपाालिका प्रमुख अध्यक्षले सरकारले दिएको सुविधा प्रक्रियागत हिसावले वर्गीकरण अनुसार सबैलाई वितरण गर्ने बताएका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवले संवोधन गर्दै स्थानीय सरकारको जिम्मेवार पदमा आफू रहेको र आफनो लागि सबै जनता एक बराबर रहको जनाएका थिए ।


    गाउँपालिका भित्र प्रवाह भएका सेवा सुविधाबाट कोही पनि बन्चित हुन नपरोस र गाउँपालिका सबै जनसमुदायमा आफनो तर्फबाट पूर्ण रुपमा सहयोग रहने प्रतिवद्धता जाहेर गर्दै आवश्यक परेमा सेवा घरदैलोमा समेत पुर्याउने र जनताको सेवामा कुनै प्रकारको कसर बाँकी नरहेने अध्यक्ष यादवको भनाई रहेको थियो । वृद्धवृद्धा हाम्रा लागि ईश्वर समान रहेको सधं आफूलेै आर्शिवादको आपेक्षा राखेको बताएका थिए ।
    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, न्यायिक समितिका संयोजक तथा कार्यक्रमका विशिष्ट अतिथि सुनिता चौधरीले कार्यक्रममा वोल्दै आफनो ओमसतिया गाउँपालिकालाई नमुना गाउँपालिका बनाउनका निम्ति आफूहरु लागिपरेको बताएकी थिइन् ।
    बृद्धबृद्धा, अपाङ्ग, एकल महिला तथा अन्य विभिन्न किसिमका स्थानीय सरकारवाट प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताका साथै आर्थिक रुपले विपन्न वर्गलाई कम्वल वितरण टोल टोल छुट्याएर भिड रहित वितरण गरेकोमा आफूअत्यन्तै खुसी रहेको बताएकी थिइन् ।
    कार्यक्रममा ओमसतिया गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मदन पोख्रेलले अहिले आफूले पाएको जिम्मेवारीसम्म पुग्दा सामाजिक सुरक्षा भत्ता टोलटोल छुट्याएर वितरण कार्य व्यवस्थित ढङ्गले अघि सरेको बताएका थिए ।
    सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आफनै वडामा वैंक द्वारा वितरण गर्ने प्रवक्ताको भनाई रहेको थियो ।
    कार्यक्रममा सामाजिक सुरक्षा भत्ता पाउने एक जना जेष्ठ नागरिकले खुसी हुदै आफले सामाजिक सामाजिक सुरक्षा पाउने समयदेखि जुनसुकै सरकार आएपनि बृद्धबृद्धा प्रतिको सम्मान स्रहनीय रहेको बृद्धाले बताएका थिए ।
    भत्ताको रकमबाट आफनो स्हारसुसारमा कमी नआएको सरकारलाई छोराको दर्जा प्रशंसायिन कार्य रहेको आँखाबाट खुसीको आशु झर्दै लुम्बिनीखबरका संवाददाता पशुपति यादवसंग भनेको थिए ।
    कम्वल वितरण कार्य वडा नम्बर ४ का वडा अध्यक्ष अखिलेश्वर पाण्डेयको अध्यक्षता वडा सदस्य ओमकार पाण्डेयको स्वागत र सचिव संजय यादवको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ओमसतिया गाउँपालिकाका कार्यसमिति सदस्य मन्जेश्वरी कुमारी चौधरी, लेखा अधिकृत कमला शर्मा, शिक्षा शाखा प्रमुख हरि पोख्रेल लगायत स्थानीय वासीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.