logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगरमा चैत २ देखि कक्षा आठको वार्षिक परीक्षा


    २४ माघ २०८० , बुधबार

    सिद्धार्थनगरमा चैत २ देखि कक्षा आठको वार्षिक परीक्षा

    लुम्बिनीखबर

    भैरहवा, २४ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालय नगरपालिका स्तरीय कक्षा ८ (आभारभूत तह) को वार्षिक परिक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

    आगामी चैत २ गते देखि चैत ९ गते सम्म परिक्षा संचालन हुने गरी बुधवार कार्यालयले परिक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

    नगरपालिकाको १२ सामुदायिक, २७ संस्थागत र एक धार्मिक गरी कुल ४० वटा विधालयमा परिक्षा संचालन हुने सिद्धार्थनगर नगरपलिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए । उनका अनुसार परिक्षामा कुल एक हजार ८ सय ९४ विधार्थी सहभागी हुनेछन् । जसमध्ये सामुदायिकबाट ६ सय ९१ र संस्थागतबाट एक हजार दुई सय तीन जना विधार्थी रहेका छन् ।

    परिक्षा अवधीमा कुनै आकस्मिक विदा भएको अवस्थामा पूर्वसूचना विना कुनै पनि परिक्षा स्थगित नहुने सिद्धार्थनगर नगरपलिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत जनाह्वी पाण्डेले बताइन् ।

    विधालयहरुमा विहान साढे १० बजे देखि परिक्षा संचालन हुने सिद्धार्थनगर नगरपलिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका नायब सुब्बा कृष्ण पोखरेलले बताए । ‘परिक्षाको समय तालिका सार्वजनिक गरेका छौँ’ उनले भने, ‘चैत २ गते देखि परिक्षा संचालनका लागि अन्य तयारीहरु पनि भइरहेको छ ।’

    साधारण तर्फ चैत २ गते शुक्रवार अंग्रेजी, चैत ४ गते गणित, ५ गते नेपाली, ६ गते विज्ञान तथा प्रविधि, ७ गते समाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, ८ गते स्वास्थ्य तथा शारीरिक शिक्षा र ९ गते (स्थानीय विषय) हाम्रो सिद्धार्थनगर÷मातृ भाषा÷संस्कृत भाषा विषयको परिक्षा संचालन हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.