logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    नेतृत्व विकास गर्दै महिला जेसिज


    २८ माघ २०८० , आइतबार

    नेतृत्व विकास गर्दै महिला जेसिज

    रुबिना थापा । लुम्बिनीखबर
    भैरहवा, २८ माघ । महिला जेसीज महिलाहरुको नेतृत्व तथा क्षमता विकास गर्ने अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । १८ वर्ष देखि ४० वर्ष उमेर समूहका महिलाहरु मात्र सदस्य हुन पाउने यो संस्था संसारका धेरैजसो मूलुकमा क्रियाशिल रहेको छ । यो संस्थाले महिलाहरुलाई व्यक्तित्व तथा नेतृत्व विकासमा महत्वपूर्ण भुमिका खेलेको देखिन्छ । महिलाहरुलाई विभिन्न प्रकारका तालिममा प्रशिक्षित गर्दै जिम्मेवारी बनाउने संस्थाको रुपमा जेसीज चिनिएको छ । महिलाहरुलाई विभिन्न सामाजिक काम गर्न सिकाउने र समाजमा स्थापित गर्ने काम जेसीजले गर्ने गरेको बुद्धिजिविहरु बताउछन् । यो संस्थाले महिलाहरुलाई सकारात्मक रुपमा परिवर्तन गर्दै व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेलेको समाजका अगुवाहरुले बताउने गरेका छन् । महिलाहरुलाई जेसीजमा सहभागित गराउने र उनीहरुको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराई व्यक्तित्व विकास सहयोग पुराउने कार्यक्रमहरु हुने गरेका छन् ।
    जेसीआई सिद्धार्थ लेडीका पूर्व अध्यक्ष अन्जु सुवेदी जैसीले जेसीज महिलाहरुलाई विभिन्न प्रकारका तालिमहरु दिने र समाजलाई आवश्यक पर्ने क्षमताको विकास गराउने संस्था भएको बताउनु हुन्छ । समाजमा महिलाहरुको राम्रो नेतृत्वको विकास गर्नका लागि मिटिङहरु सञ्चालन गर्ने, कार्यक्रमहरु चलाउने र समाजसेवामा लागिरहन जेसीजले सिकाउने गरेको पूर्व अध्यक्ष जैसीको भनाई रहेको छ । उहाँका अनुसार– समाजका लागि आवश्यक सक्षम नेतृत्व उत्पादन गर्ने काम महिला जेसीजले संसारभर गरेको छ ।
    महिलाहरुको आत्मविश्वास बलियो बनाउने र कार्यक्षेत्रमा कार्य सम्पादन गर्नका लागि सक्षम बनाउने जेसीजका जानकारहरुले बताउने गरेका छन् । “दर्शन र शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ” भन्ने मान्यता आत्मसात् गर्दै युवाहरुलाई नेतृत्व हाक्न सक्ने क्षमता र अवसर प्रदान जेसीजले गरेको देखिन्छ । नेपालको संविधान २०७२ ले राज्यका प्रत्येक निकायमा महिलाहरु उपस्थिती अनिवार्य गरेकाले जेसीजमा लागेका महिलाहरुले त्यस्ता अवसरहरुलाई सदुपयोग गर्न सकेको समाजसेवीहरु बताउछन् ।
    जेसीआई सिद्धार्थ लेडीका पूर्व अध्यक्ष मन्जु रेग्मी शर्माले महिला जेसीजले महिलाहरुमा लुकेका क्षमताको प्रष्फुटन गर्ने र समाजमा आउने विपतमा पनि सहजरुपमा सामाना गर्न सक्ने व्यक्तित्व विकास हुने बताउनुहुन्छ । उहाँले महिलाहरुले घर परिवारको काम समालेर पनि सामाजिक क्षेत्रमा काम गर्न सक्ने क्षमता विकास जेसीजले गराउने गरेको बताउनुभयो ।
    खाली समयलाई सदुपयोग गर्दै जेसीजका कार्यक्रममा सहभागी बनि सामाजिक सेवामा अब्बल जेसीजमा लागेका महिलाहरु हुने गरेको पूर्व अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
    जेसीजमा आवद्ध भएका महिलाहरुले पछिल्लो समयमा समाजको नेतृत्वदायी र निर्णायक भूमिकामा रहेर काम गर्ने गरका छन् । जेसीजलाई युवाहरुको संस्था पनि भन्ने गरिएकाले यहाँ आवद्धता हुनेहरुले व्यक्तिगत, सामुदायिक, व्यापार र अन्तर्राष्ट्रिय क्षेत्रमा रहेर काम गर्न सक्ने जेसीजमा आवद्ध भएकाहरु बताउछन् । बोल्ने कलाको विकास र सामाजमा पुगेर समुदाय संग सम्बन्ध स्थापित गर्ने क्षमता पनि जेसीजका सदस्यहरुका हुने गर्दछ ।
    जेसीआई सिद्धार्थका पूर्व अध्यक्ष लेखनाथ भट्टराई महिला जेसीजले महिलाहरुका लागि मात्र नभएर परिवार, समाज र कार्यक्षेत्रमा खटिने सवैका लागि सकारात्मक कामहरु गर्ने गरेको बताउनुभयो । उहाँले जेसीआई सिद्धार्थ लेडी, नेपालले यसक्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गर्ने, ग्रामिण क्षेत्रमा पुगेर महिलाहरुलाई सिपमूलक तालिम, नेतृत्व विकासका तालिम र समुदायसंग सहकार्यमा विभिन्न कामहरु गर्ने गरेको जानकारी दिनुभयो । पुर्व अध्यक्ष भट्टराईले जेसीजमा लागेकाहरुले समुदायस्तरमा काम गर्दा आफ्ना सदस्यहरु संग आर्थिक संकलन गरेर काम गर्ने गरेको बताउनुभयो ।
    महिलाहरुका व्यक्तित्व र नेतृत्व विकासमा सकृय जेसीआई सिद्धार्थ लेडीले समुदायमा पुगेर बालविवाह न्यूनिकरण, लागूपदार्थ दुव्यसनी न्यूनिकरण, राहत वितरण, महिला उद्यमशीलताका तालिमहरु प्रदान गदै आइरहेको छ । समाजमा जोडिएर काम गर्ने यो संस्थाले समाज रुपान्तरणका लागि समेत काम गरेको देखिन्छ । सहनशीलता, चुनौती संग जुझ्न सक्ने क्षमता जेसीजले सिकाउने गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.