logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    नवलपरासीको प्रतापपुर आयुर्वेद उपचार प्रभावकारी बन्दै


    ३ फाल्गुन २०८० , बिहिबार

    नवलपरासीको प्रतापपुर आयुर्वेद उपचार प्रभावकारी बन्दै

    संजय कुशवाहा । लुम्बिनीखबर 

    नवलपरासी, २ फागुन ।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनी स्थितमा सञ्चालित रहेको आयुर्वेद औषाधालय प्रभावकारी बन्दै गएको छ । प्रतापपुर आयुर्वेद औषधालय अन्तर्गत रहेको औषधालयले बाथरोगका बिरामीहरुको उपचारका लागि स्नेहन र स्वेदन सेवा सञ्चालनमा आएपछि पछिल्लो समय भन्दा अहिले आयुर्वेदिक उपचारमा नागरिकको विश्वास बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ बिरामीहरूको विश्वास बढ्दै गएको हो ।
    आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपछि पनि निः शुल्क उपचार हुने तथा साइडइफेक्टको सम्भावना न्यून रहेकाले आकर्षण बढेको छ । आयुर्वेदिक उपचार पद्धति र जडीबुटीबाट बनेका औषधिबाट एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने र रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि सेवाग्राहीहरूको आयुर्वेद उपचारतर्फ विश्वास बढेको आयुर्वेद औषधालयका प्रमुख दिन बन्धु मिश्राले बताउनुभयो ।
    आयुर्वेदिक उपचारका लागि सबैभन्दा बढी पेटको समस्या , बाथ, छातीसम्बन्धी दम, खोकी , एलर्जी , पायल्स , उक्त रक्तचाप , मधुमेह र महिला सम्बन्धित लगायतका रोगहरूको उपचारका लागि आयुर्वेद औषधालयमा आउनेको संख्या पनि प्रशस्तै रहेको छ । बाथ, हाडजोर्नी र नसासम्बन्धी रोगमा स्नेहन र स्वेदन विधिबाट गर्ने उपचार प्रभावकारी रहेको छ।
    आयुर्वेद उपचारप्रति सर्वसाधारणको आकर्षण बढे पनि बजेट र पूर्वाधार अभावले प्रभावकारी रुपमा सेवा दिन नसकिएको कार्यालयका प्रमुख मिश्राले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.