असलम खान । लुम्बिनीखबर
मर्चवार, ४ फागुन । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ५ ओडवलिया स्थित रहेको श्री जनता माध्यमिक विद्यालय ओडवलिया रुपन्देहीको विद्यालय व्यवस्थापन समितिमा श्याम भवन कुर्मीको प्यानल सहित विजयी भएका छन् ।
बिहीबार भएको निर्वाचनमा खुल्ला सदस्यमा श्याम भवन कुर्मीले २५२ मत , केशव प्रसाद मौर्यले २४१ मत तथा महिला सदस्यमा लक्ष्मीना गुप्ताले २४७ मत र गइतिरा चमारले २४४ मतका साथ विजयी भएका छन्।
उक्त निर्वाचनमा जम्म ६७८ जना मतदाता वाअभिभावकहरु मध्ये ४७४ जनाको मत खसेको मर्चवारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख फेकन शाहले बताए।
उक्त निर्वाचनमा २ वटा समूह प्यानलले उम्मेदवारी दिएका थिए। जसअन्तर्गत प्रदुम्न प्रसाद यादव समर्थित प्यानलबाट खुल्ला सदस्यमा प्रदुम्न प्रसाद यादवले २१४ मत, भरथरी चमारले २०७ मत, महिला सदस्यमा इन्दा कुमारी भरले २०२ मत र मीना हरिजनले २०७ मत प्राप्त गरेका थिए।