logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगर सिटी अस्पतालमा निःशुल्क ३ दिने सर्जरी चेकजाँच तथा परामर्श सेवा


    ४ फाल्गुन २०८० , शुक्रबार

    सिद्धार्थनगर सिटी अस्पतालमा निःशुल्क ३ दिने सर्जरी चेकजाँच तथा परामर्श सेवा

    लुम्बिनीखबर
    सिद्धार्थनगर, ४ फागुन । गौत्मबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारमा अवस्थित भैरहवामा रहेको सिद्धार्थनगर सिटी अस्पतालले निःशुल्क सर्जरी जाँच तथा परामर्श सेवा सम्बन्धी ३ दिने कार्यक्रम संचालन गर्ने भएको छ । अस्पतालले संचालन गरेको सर्जरी जाँच तथा परामर्श सेवा निःशुल्क रुपमा सेवा ३ दिन सम्म संचालन गर्न लागेको हो ।
    अस्पतालका प्रबन्ध निर्देशक डा.अर्जुन पौडेलका अनुसार उक्त कार्यक्रम फागुन ९ गते बुधवार  देखि ११ गते  शुक्रवार गरी ३ दिन सम्म अस्पतालको परिसरमा विशिर संचालन गर्ने जानकारी दिएका छन् । ।
    शिविरमा पित्तथैलीको पत्थरी, पिसाबनलीको पत्थरी, डाइड्रोसिल, हर्निया, पायल्स, स्तन क्यान्सर, गाँठागुठी र छातिमा मासु पलाएको समस्याहरुको जस्ता रोगहरुको निःशुल्क चेकजाँच तथा परामर्श सेवा प्रवाह गर्ने आयोजक स्रोतले जनाएको छ । उक्त शिविरमा चेकजाँच तथा परामर्श लिएका विरामीहरुको भिडियो एक्सरे तथा एक्सरे सेवामा ५० प्रतिशत छुट, ल्याब परीक्षणमा २५ प्रतिशत छुट र शल्यक्रिया हुने विरामीका लागि विशेष छुटको व्यवस्था मिलाइएको अस्पतालका जनसम्पर्क अधिकृत रीता घिमिरेले जानकारी गराएकी छन् ।
    अस्पतालका जनसम्पर्क अधिकृत रीता घिमिरेका अनुसार आमनागरिकलाई सरल, सहज र गुणस्तरीय सेवामा अस्पताल लागिपरेको र बुधवार  देखि संचालन हुन लागेको तीन दिनको शिविरमा विशेषज्ञ चिकित्सकबाट विरामीको चेकजाँचका साथै परामर्श दिइने छ ।
    शिविरवाट सहभागी नागरिकले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाउनेछन् र अस्पतालले विगत लामो समयदेखि ठाउँठाउँमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको जानकारी गराएकी थिइन् । यस अस्पतालबाट हजारौं सर्वसाधरण नागरिकहरुले लाभान्वित भएको जानकारी दिएकी थिइन्।
    सिद्धार्थनगर सिटी अस्पताल १ सय बेडमा संचालित अस्पताल, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा रुपन्देहीमै अब्बल बनेको छ ।
    अस्पतालमा काठमाडौं, चितवन लगायत अन्य विभिन्न मुलुकका अस्पतालमा उत्कृष्ट सेवा प्रदान गर्ने विशेषज्ञ सेवा प्रदान गरिसकेका चिकित्सकलाई अस्पतालले अनुबन्ध गरेर सेवा दिइरहेको छ । जसले गर्दा कयौं विरामी भैरहवाबाहेक अन्यत्र उपचार गराउन जान पर्ने वाध्यता हटेको अस्पताल स्रोत ले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.