logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    रुपन्देही प्रहरीको वार्षिक समीक्षा


    ६ फाल्गुन २०८० , आइतबार

    रुपन्देही प्रहरीको वार्षिक समीक्षा

    झब्बर यादव । लुम्बिनीखबर
    सिद्धार्थनगर, ६ फागुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पत्रकार सम्मेलन गरि प्रहरीको बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.कले शुक्रबार पत्रकार सम्मेलन गरी शान्ति सुरक्षा सम्बन्धी वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको हो ।
    पत्रकार सम्मेलन कार्यक्रममा रुपन्देहीमा गत वर्षको माघ महिनाको ४ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी उपरीक्षक भएर आएको एक वर्षको समय अवधीमा आफूले बनाएको योजना र संचालन गरेको अभियानले प्राप्त गरेका सफलताहरुको विषयमा जानकारी दिनुभएको हो ।
    प्रहरी उपरीक्षक वि.क. ले आफू गतबर्षको माघ ४ गते रुपन्देहीमा आएपछि अहिले सम्म जिल्लामा शान्ति सुरक्षामा सुदृढ भएको बताउनुभयो ।
    प्रहरी उपरीक्षक वि.क. का अनुसार “ जिल्लामा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्नका लागि सुरक्षा योजना बनाई प्रभावकारी ढङ्गवाट प्रहरी परिचालन गरिएको केही छुटफुट घटनाबाहेक अन्य ठूला तथा जघन्य प्रकृतिका घटना तथा प्राकृतिक विपत्तिका घटनाहरु नघटेको र केही अप्रिय घटनाहरुको सफल अनुसन्धान भएको र बर्तमान शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।”
    प्रहरी उपरीक्षक वि.क. ले भन्नुभयो –“समाजमा शान्ति र अमनचयन कायम राख्नु आफूहरुको कर्तव्य र अहिले जिल्लाको अवस्था शान्तिपूर्ण रहेको आफूहरुको ठूलो उपलब्धी हो ।”
    प्रहरी उपरीक्षक वि.क.ले जिल्लामा आफू आएदेखि भएको उपलब्धी मध्ये जिल्लामा शान्ति सुरक्षाको विषयलाई विशेष ध्यानमा राखि ३ वटा अस्थायी प्रहरी पोष्ट र १ वटा ईलाका प्रहरी कार्यालय बुटवलमा नयाँ निर्मित भवनको उद्घाटन भएको जानकारी दिनुभयो ।
    नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कनमा ईलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयहरु मध्ये ईलाका प्रहरी कार्यालय बुटवल उत्कृष्ट भएको जानकारी दिनुभयो ।
    प्रहरी उपरीक्षक वि.क. ले सर्वप्रथम त्रिभुवन विश्व विद्यालयका आङ्गीक क्याम्पसहरुमा शान्तिपूर्ण रुपमा चुनाव र दुर्घटना न्यूनिकरण तथा सडकहरुमा चेकजाँच गर्नका लागि विभिन्न संघ संस्थाको समन्वयमा १८ वटा बेरीकोड निर्माण गरेको जानकारी दिनुभयो ।
    अपराध न्यूनिकरण तथा अनुसन्धानलाई सहयोग पुर्याउनका लागि सि.सि.टी.भि जडान, रोहिणीको धकधईमा २ वटा एएनपीआर जडान गरिएको बताउनुभयो ।
    जिल्लामा आत्महत्या न्यूनिकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम अगाडि बढाएको र सम्मानित व्यक्तित्वहरुले विभिन्न कार्यका लागि आगमन हुँदा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिनुभयो ।
    जिल्ला भएको विभिन्न किसिमका अपराधका गतिविधि लागेका कतिपय व्यक्तिहरुलाई नियन्त्रणमा लिएको कतिपयलाई नियमानुसार कार्यवाही समेत भएको जानकारी दिनुभयो ।
    आ.व ०७९।०८० मा आत्महत्याको मुद्दा, लागुऔषधको मुद्दा, सवारी साधनको मुद्दा जस्ता मुदामा आ.व ०८०।०८१ मा कमि आएको जानकारी दिनुभयो ।
    जिल्ला ०७९ माघ २६ गते देखि हाल सम्म फैसला कार्यान्वयमा समाजमा अपराध गरी लुकीछिपी बस्ने २५४ जना पक्राउ गरी ४७ लाख ३४ हजार ८ ८९ बराबर जरिवाना र १११ वर्ष १० महिना ४ दिन बराबर कैद असुल भएको जानकारी दिनुभयो ।
    प्रहरीको कल्याणकारी कार्यक्रम तर्फ भैरहवामा रहेको यूनिभर्सल कलेज अफ मेडिकल साईन्स शिक्षण अस्पताल संग जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत बहालवाल प्रहरी कर्मचारीहरु तथा निज संग आश्रित परिवारका सदस्यहरुको औषधी उपचार सेवा शुल्कमा सम्झौता भएको जानकारी दिनुभयो ।
    प्रहरी कर्मचारीलाई उत्प्ररित तथा हौसला प्रदान गर्न महिनामा वर्थडे भएका प्रहरीहरुको महिनाको पहिलो दिन वर्थडे मनाउने परम्परा भाद्र महिनादेखि कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.