logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भानुको ४८ औं वार्षिकोत्सव


    १० फाल्गुन २०८० , बिहिबार

    भानुको ४८ औं वार्षिकोत्सव

    रुबिना थापा । लुम्बिनीखबर

    सिद्धार्थनगर, १० फागुन । श्री भानु माध्यमिक विद्यालय भैरहवाले ४८ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. ९ मा अवस्थित भानु माध्यमिक विद्यालयले बुधवारका एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव समारोह तथा अभिभावक भेला एवम् सांस्कृतिक कार्यक्रम गरेको हो ।

    प्रमुख अतिथि लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले आम जनताको करबाट उठेको पैसा जनताकै बीचमा खर्च हुनुपर्ने मान्यतामा आफू रहेको बताउनुभयो ।

    उहाँले भानु माविमा आफूले चारकोठे भवनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको भन्दै शिक्षाक्षेत्रलाई शान्तिक्षेत्र बनाउनुपर्ने बताउनुभयो ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेले आफ्ना बुबाले भानु माविमा शिक्षक रहेर सेवा पुर्याएको कुरालाई स्मरण गर्दै स्कुलको गुणस्तरमा ध्यान दिन शिक्षक तथा कर्मचारीहरूमा आग्रह गर्नुभयो ।

    उहाँले आफ्नो शक्ति र सामर्थ्यले भ्याए सम्म जनताको काममा आफू सँधै लाग्ने बताउँदै आगामी आर्थिक वर्षमा पनि भानुको भौतिक पूर्वाधारमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथि माधव बन्जाडेले विद्यालयको विकासमा यहाँका सम्पूर्ण व्यक्तित्वले सकारात्मक सहयोग गर्नु पर्ने सुझाव दिनुभयो ।

    बन्जाडेका अनुसार– शैक्षिक उन्नतिमा भानु मा।बि। ले महत्वपूर्ण भूमिका खेलेको भन्दै विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

    विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष फैज अहमद खानले भने विद्यालयको विकासको कार्यमा विद्यालय व्यवस्थापन समिति अहोरात्र खटेर काम गरेको र अगामि दिनमा पनि अझै राम्रो कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतिलाल सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्दै विभिन्न व्यक्तित्वहरू स्थापना गरेको छात्रवृत्ति अक्षयकोष, सहयोग, अनुदान, भौतिक सम्पत्ति, आर्थिक अवस्था, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको संख्या, गत वर्षको विद्यालयको आयव्यय सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरूले भानु मा। बि।को उज्ज्वल भविष्यको कामना गर्दै मन्तव्य राखेका थिए ।

    वार्षिकोत्सव कार्यक्रममा १७ जना छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने दाताहरूलाई सम्मान, २ जना शिक्षकलाई बिदाई, १७० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण, ३९ जना विद्यार्थीहरूलाई पुरस्कार वितरण, वार्षिक साप्ताहिक खेलकुदमा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

    विद्यालयका सहायक प्रधानाध्यापक पवित्रा कोइरालाको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत सामाजिक व्यक्तित्व, अभिभावक, पत्रकार, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.