logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    वैकल्पिक उर्जाको प्रवर्द्धन केन्द्रको अनुशिक्षण


    १० फाल्गुन २०८० , बिहिबार

    वैकल्पिक उर्जाको प्रवर्द्धन केन्द्रको अनुशिक्षण

    झब्बर याादव । लुम्बिनीखबर
    सिद्धार्थनगर, १० फागुन । रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकाको भैरहवामा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र काठमाडौंको आयोजना तथा सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वयमा वैकल्पिक उर्जा प्रवर्द्धनका लागि सौर्य उर्जा सम्बन्धी कार्यक्रम भएको छ ।
    बुधवार भैरहवाको सिद्धार्थ भिलासामा भएको कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको उद्योगी व्यवसायिहरूले लगानी गरेर सञ्चालनमा ल्याएको विभिन्न व्यवसायीहरू विद्युतको कारण धाराशयी हुने अवस्था रहेकाले वैकल्पिक उर्जाको प्रवर्द्धन केन्द्रको सहकार्य आवश्यकता रहेको बताउनुभयो ।


    उहाँले नेपाल विद्युतको अपार सम्भावना भएको देश भएपनि हिउँदको समयमा विद्युत विदेशबाट आर्पूति गर्नुपर्ने बाध्यता रहेको भन्दै वैकल्पिक उर्जाको प्रवर्द्धन केन्द्रले यस्तो गर्ने कार्यक्रमले यसको अन्त्य हुनेमा आफू विश्वत रहेको बताउनुभयो ।
    वैकल्पिक उर्जाको प्रवर्द्धन केन्द्र निर्देशक नारायण प्रसाद अधिकारीले वैकल्पिक उर्जाको प्रवर्द्धन केन्द्रको बजारीकरण तथा वितरणका विषयमा अनुशिक्षण गर्नुभएको थियो ।
    एईपीसीरकेएफडाव्लु प्रवन्धक सन्तोष राईले वैकल्पिक उर्जाको प्रयोग तथा वितरण र उद्योगक्षेत्रको पुग्ने सहयोगका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
    वैकल्पिक उर्जाको प्रवर्द्धन केन्द्रका विज्ञ खेम बहादुर भण्डारीले उद्योगहरूको लागि रूफटप सोलार सिस्टम विषयमा जानकारी दिनुभएको थियो ।
    सौर्य उर्जा समन्वय छत केएफडाव्लुर एईपीसी डीकेटीआई प्रोजेक्टका ई। निरज सापकोटाले यसको आवेदन प्रक्रिया र ढाँचाको बारे जानकारी गराउनुभयो ।
    कार्यक्रममा वातावरण र समाज व्यवस्थापन बनोटको सम्बन्धी प्रशिक्षक विवेक कान्त न्यौपानेले उर्जाको आवश्यकता र सहयोग सम्बन्धमा जानकारी दिनुभएको थियो ।


    कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले सोधेका प्रश्नको उत्तर दिदै वैकल्पिक उर्जाको प्रवर्द्धन केन्द्रका विज्ञहरूले यसको सदुपयोगको विषयमा जानकारी दिनुभएको थियो ।
    कार्यक्रममा लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी, सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारी, सञ्चारकर्मी, होटल व्यवसायी लगायतको उपस्थिति रहेको थियो

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.