झब्बर यादव । लुम्बिनीखबर
सिद्धार्थनगर, ११ फागुन । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता(सि.के) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिङ्गापुरका भिक्षु डा.के. गुनराताना सहित उहाँको टालीलाई स्वागत गर्नुभएको थियो ।
विहिवार मन्त्री गुप्ताले महाकरुणा बुद्धिष्ट सोसाईटी श्रीलङ्काका भिक्षुहरुलाई स्वागत भैरहवाको विमानस्थलमा पुगी आगन्तुमक भिक्षुहरुलाई स्वागत गर्नुभएको हो ।
मन्त्री गुप्ताका अनुसार– हामी गाौतमबुद्धको जन्मस्थलका नेपालीहरु विदेशमा घुमफिर गर्न जादाँ त्यहाँका मानिसहरुले दिने सम्मान, मानमर्यादा अत्यन्तै अविश्मरणीय र सम्मानजनक रहेको छ । हामीले आगन्तुक पाहुना(पर्यटक)हरुलाई ईश्वर सहर सम्मान गर्नु आवश्यक छ ।

मन्त्री गुप्ताले भन्नुभयो “ मन्त्री स्वयं आई आगन्तुक पर्यटकलाई स्वागत गर्नु नेपालीहरुको विषयमा एक सकारात्मक सन्देश विश्वमाझ जान्छ । ”
भिक्षु डा.के. गुनराताना ले मन्त्रीसंग नेपाल देश र नेपालीहरुको विषयमा अत्यन्तै प्रशंसा गर्नु भएको थियो । गौतमबुद्ध संग सम्बन्धित अन्य विविध विधामा कुराकानी समेत गर्नु भएको थियो ।
भिक्षुले मन्त्री गुप्तालाई प्रश्न गर्दै तपाई मन्त्री हुनुहुन्छ विशेषतः के विषयलाई बढी प्राथमिकता राख्नुभएको छ । त्यसमा मन्त्रीले आफू विशेष गरेर गौतमबुद्धको जन्मभएको देशमा बुद्धको वचन र वाणीहरुलाई सबै जनतामा पुर्याउने प्रमुख माध्यम शिक्षा हो । शिक्षालाई नै मुख्य आधार मानेर अगाडि बढेको जवाफ दिनुभएको थियो ।
भिक्षुलाई मन्त्री गुप्ताले गरेको स्वागतले अत्यन्तै खुसी भई गौतमबुद्धको मूर्ति समेत प्रदान गर्नुभएको थियो ।
स्वागतमा मन्त्री सहित उहाँका सहयोगीहरु, लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी, लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका महासचिव प्रितम रौनियार, संचारकर्मी शशी पन्थी लगायतको उपस्थितिमा स्वागत गरिएको थियो ।
बुद्धजन्मस्थल लुम्बिनी घुम्नमा आउने भिक्षुहरु बुद्धको अनुयायी भएकाले उनिहरु संगको भेट संयोगले हुने बिमानस्थलमा पुगेकाहरुले बताएका थिए ।