logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    तस्करी संधैभरि तर पक्राउ कहिलेकांही, कारण थाहा पाउनुहोस्


    २५ फाल्गुन २०८० , शुक्रबार

    तस्करी संधैभरि तर पक्राउ कहिलेकांही, कारण थाहा पाउनुहोस्

    संजय कुशवाहा । लुम्बिनीखबर
    नवलपरासी, फागुन । पश्चिम नवलपरासीमा ३६ लाख ५० हजार मूल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
    भन्सार छली ल्याइएको केही अवैध मालसामानहरु लुकाई छिपाई राखिएको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गण नं २६ हे.क्वा नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेको कमाण्डमा खटिएको टोलीले सुस्ता १ बरूवाबाट हरियो मटर र चिनी बरामद गरेको हो ।
    सुस्ता गाउँपालिकाको वडा न.१ बरूवा बस्ने ज्ञानु अर्यालको घर पछाडिको गोदाममा लुकाइ छिपाइ राखिएको अवस्थामा प्रहरीले बरामद गरेको बताएको छ ।
    जिल्लामा प्रहरी अधिकारी सरूवा भै नयां आउने बित्तिकै पक्राउ परेको अवस्था छ । स्थानीय भन्छन् तस्करहरूसंग लाइन मिलेन भने पक्राउ पर्ने गर्छ तर केही समय पछि फेरी पक्रने क्रम सेलाएर जान्छ । नयां अधिकारी सरूवा भै आउना साथ सक्रिय बन्दै गएको सशस्त्र प्रहरी टोलीले सफलता हात पारेको हो ।
    गोप्य सूचनाको आधारमा सोमबार रातीको समयमा गोदाममा खानतलासी गर्दा ३८० क्विन्टल हरियो केराउ र ४० क्विन्टल चिनी अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
    सशस्त्र प्रहरीले बरामद गरेर भन्सारमा पठाइएको चिनी र केराउको अन्दाजी मूल्य ३५ लाख बराबरको रहेको महेशपुर भन्सार कार्यालयका प्रमुख बुद्धिबहादुर चुँडालले बताए ।
    त्यसैगरी भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याई लुकाई छिपाई राखेको १ लाख ५० हजार मूल्य बराबरको अवैध प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ ।
    सुस्ता गाउँपालिका वडा न.५ बनकट्टी बस्ने अमरनाथ यादवको घर भित्र भन्सार छली ल्याएको अवैध प्याज लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गण नं २६ हे.क्वा नवलपरासीका सशस्त्र प्रहरी नायव उपरीक्षक मान बहादुर पाण्डेको कमाण्डमा खटिएको टोलीले प्याज बरामद लिएको हो ।
    गोप्य सूचनाको आधारमा यादवको घर खानतलासी गर्दा ६७ बोरा प्याज अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरीले जनाइको छ ।
    उक्त बरामद गरिएको हरियो केराउ, चिनी र प्याज आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी उपरीक्षक वाग्लेले बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.