भैरहवा, २५ फागुन । सशस्त्र प्रहरी बल, नं. २७ गण हे.क्वा. रुपन्देहीले अवैध चिनी बरामद गरेको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक (डी.एस.पी) दुर्गा बहादुर थापाको कमाण्डमा खटिएको टोलीले शुक्रबार मायादेवी गाउँपालिका–५ स्थित बुडवाबाट २५० बोरा (१२ हजार ५ सय केजी) चिनी बरामद गरेको हो ।
डी.एस.पी थापाका अनुसार विशेष सूचनाको आधारमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याएर बेवारिसे अवस्थामा गोदाम गरी राखेको अन्दाजी मूल्य रु. ७ लाख ५० हजार बराबरको चिनी बरामद गरिएको हो । बरामद गरिएको सामान भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।