भैरहवा, फागुन २६ । सिद्धार्थनगर नगरपापलिका वडा नं. ४ फुलवारी सेवा समाजले सिद्धार्थ बौद्ध गुम्बा भैरहवालाई पक्की भान्साकोठा शनिबार भएको औपचारिक कार्यक्रमकाबीच हस्तान्तर गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि सि.न.पा.–४ का वडाध्यक्ष मुक्तिनाथ यादव (भोला) फुलवारी सेवा समाजलाई आउने आ.व. २०८१/०८२ मा दुई कोठे भवन निर्माणको लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो । यसै कार्यक्रममा समाजसेवी एवम् फुलवारी सेवा समाजका पूर्व अध्यक्ष शक्तिप्रसाद थकालीले सिद्धार्थ बौद्ध गुम्बाको लागि माथिल्लो तल्लाको हल बनाइदिने यसै कार्यक्रममा प्रतिवद्धता जनाउनु भयो ।

भान्साकोठा करिब साढे ७ लाखको लागतमा बनेको फुलवारी सेवा समाजका सचिव अन्जील गुरुङ्गले बताउनु भयो । भान्सा बनाउन सिद्धार्थनगर बासी लगायत अन्य धेरै ठाउँको सहयोग रहेको समाजका अध्यक्ष हुकुमराज गुरुङ्गले बताउनु भयो । सहयोग गर्ने दाताहरुलाई सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको थियो । हस्तान्तरण कार्यक्रममा विभिन्न क्लबका सदस्य, जनप्रतिनिधि, संघसंस्थाका पदाधिकारी र समाजका सदस्यहरुको उपस्थिति रहेको थियो ।
