logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    कृषक आदर्श मा.विको अध्यक्षमा रामबृक्ष यादव सहितको प्यानल विजयी


    २७ फाल्गुन २०८० , आइतबार

    कृषक आदर्श मा.विको अध्यक्षमा रामबृक्ष यादव सहितको प्यानल विजयी

    असलम खाँन । लुम्बिनीखबर
    मर्चवार, २७ फागुन । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ बेतकुइया स्थित श्री कृषक आदर्श माध्यमिक विद्यालय बेतकुइया रुपन्देहीको व्यवस्थापन समितिमा रामवृक्ष यादवको प्यानल सहित विजयी भएका छन् ।
    शानिवार भएको निर्वाचनमा खुल्ला सदस्यमा रामवृक्ष यादवले ४ सय ६०, घनश्याम लोधले ४ सय ३६ तथा महिला सदस्यमा शुसिला लोधले ४ सय ५१ र प्रेम कुमारी हरिजनले ४ सय ४८ मतका साथ विजयी भएका छन्।
    उक्त निर्वाचनमा ९ सय ४४ जना मतदाता (अभिभावक) मध्ये ७ सय ४० मत खसेको सम्मरीमाई गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामदाश गौडले बताएका छन् ।


    निर्वाचनमा २ वटा समूह प्यानलले उम्मेदवारी दिएका थिए। जसअन्तर्गत विजयकुमार मिश्रा समर्थित प्यानलबाट खुल्ला सदस्यमा विजयकुमार मिश्राले २ सय ७० मत, मुकेश कुर्मीले २ सय ५१ मत, महिला सदस्यमा सरस्वती चमारले २ सय ४३ मत र जानकी लोधले २ सय ४२ मत प्राप्त गरेका थिए।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.