logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    ११औं नवयुवा कपः उद्घाटन खेलमा लिस्नु बिजयी


    २९ फाल्गुन २०८० , मंगलबार

    ११औं नवयुवा कपः उद्घाटन खेलमा लिस्नु बिजयी

    ओमसतिया, फागुन २९ । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार ओमसतिया–१ रुपन्देहीद्वारा आयोजित ११औं नवयुवा कप २०८० नकआउट फुटबल प्रतियोगितामा लिस्नु क्लबले शुन्यको विरुद्ध एक गोलले बिजय हात पारेको छ ।

    आजको पहिलो खेलमा लिस्नु क्लबका जर्सी नं. ११ को अमर डंगोलले दोस्रो हापको २०औं मिनेटमा एक गोल गरी आफ्नो क्लबलाई विजयी बनाए । देवदह बोयज क्लबले संघर्षमय खेल खेल्दा पनि गोल फर्काउन सकेन । लिस्नुका अमर डंगोल म्यान अफ दि म्याच घोषित भएका थिए ।

    रुपन्देही एन्फा संघका अध्यक्ष लोक पुनले रुपन्देहीको फुटबल बारेको अवस्था र बिभिन्न कार्यक्रम बारे बताउँदै ओमसतिया गाउँपालिका भरीको एक मात्र नियमित फुटबल प्रतियोगिता संचालन गर्ने नवयुवा परिवार भएको प्रशंसा गर्दै कर्मडाँडा खेल मैदानलाइ स्थानीय सरकार तथा प्रदेश सरकारले स्तरोन्नतिको लागि पहल गर्न सुझाव दिएका थिए । उद्घाटन कार्यक्रममा आयोजक संस्थालाई स्थानीय तीनजना सहयोगी दाताहरुबाट खेलाडी जर्सी लगायत खेलकुद सामग्री सहयोगस्वरूप हस्तान्तरण गर्नु भएको थियो ।

    ओमसतिया गाउँपालिका अध्यक्ष मन्जितकुमार यादवको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्री, पूर्वपालिका अध्यक्ष हिरा केवट, वडाध्यक्षहरु बेल बहादुर बराल मगर र प्रकाश सिंह थारु लगायत बिभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।
    प्रमुख अतिथि यादवले गाउँपालिकाले दीर्घकालिन योजना बनाएर खेलकुद र खेलमैदानहरुको विकास तर्फ ध्यान दिने बताउँदै प्रतियोगिताको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

    उद्घाटन कार्यक्रमको अध्यक्षता संस्था अध्यक्ष चन्द्र बहादुर गुरुङ र कार्यक्रम संचालन का.वा. सचिव दिल गुरुङले गरेका थिए । १२ वटा फूटबल क्लब सहभागिता रहेको यस प्रतियोगिताको आजको खेल झरना स्पोर्ट क्लब कुन्जलापुर र न्यू सिर्जना क्लब करौजिया बीच हुनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.