असलम खान
मर्चवार,३० फागुन । मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान मंगलबार देखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार मंगलबार बिहान ५ बजेर ७ मिनेट देखि बेलुका ६ बजेर १८ मिनेट सम्म निराहार ९रोजा० बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । रोजाको समय दैनिक फर्ज नमाज देखि मगरिब नमाज बस्ने गरछन्।
समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ। रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४५ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ। दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु नमाजे तराबी पढ्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न पहिला साँझ मुसलमानले आकाशतिर चन्द्रमा हेर्ने प्रचलन छ ।

रमजान महिना मुसलमानका लागि निकै महत्त्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान समुदायले रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न भने अनिवार्य छैन ।