logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनीलाई शान्तिक्षेत्र बनाऊ


    ७ चैत्र २०८० , बुधबार

    लुम्बिनीलाई शान्तिक्षेत्र बनाऊ

    विश्वलाई शान्तिको मार्गमा डोर्‍याउने महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई शान्तिक्षेत्रको रुपमा विकास गर्न जरुरी छ । शान्ति र सकारात्मक उर्जाको स्रोत लुम्बिनी मानवजातीको साझा गन्तव्य हो । आज भन्दा करिब २५६७ वर्ष पहिला ई.पू. ५६३ मा लुम्बिनीको सुन्दर बगैचामा जन्मिएका बुद्धले संसारभर शान्ति र अहिंसाको सन्देश दिएका छन् । संसारमा दुःख छ र दुःख हटाउन सके शान्ति प्राप्ति हुन्छ भन्न ज्ञानका प्रवत्र्तक गौतम बुद्धको जन्मस्थललाई शान्तिक्षेत्रको रुपमा विकास गर्न पर्दछ । मानिसमा विभिन्न प्रकारका नकारात्मक सोच र तनावपूर्ण जीवनलाई सुखद बनाउने बुद्ध विपश्यना अहिले मानिसको रोजाई बनेको छ । बुद्धले बुद्धत्व प्राप्त गरेको विपश्यना ध्यान गरी मानव जीवनलाई तनावमुक्त बनाउनु पर्दछ । बुद्ध जन्मस्थल लुम्बिनीको विकास र बिस्तारका लागि बनेको लुम्बिनी बिकास कोषले शान्ति र अहिंसाको मार्गलाई नेतृत्व गर्न जरुरी छ । बुद्धको सकारात्मक सोच र शान्तिको ज्योति संसारभर पुराउने लक्ष्य बोकेको लुम्बिनी बौद्ध विश्वविद्यालयको पनि भूमिका महत्वपूर्ण हुनुपर्दछ । लुम्बिनी वरिपरी बस्ने स्थानीयबासी तथा पर्यटन व्यवसायी,सरोकारवाला निकायहरुले पनि बुद्ध बचन र पञ्चशिलको पालना अनिवार्य गर्नुपर्दछ ।

    बुद्धलाई संसारको उत्कृष्ट व्यक्तिको रुपमा परिभाषित गर्दै बेलायतबाट प्रकाशित डेली टेलिग्राफ पत्रिकाका सम्पादक सर एडविन आर्नोल्डले ‘एसियाको ज्योति’ भनेका छन् । भारतीय संविधान मस्यौदा कमिटीका अध्यक्ष डा. भीमराव राम अम्बेडकर, नोबेल पुरस्कार प्राप्त जर्मनका उपन्यासकार हरमन हेस्से जस्तो विश्वविख्यात ब्यक्तिहरुले गौतम बुद्ध विश्व शान्तिका अग्रदुतको रुपमा व्याख्या गरेका छन् । आफ्नो ८० वर्ष सम्मको जीवन कालमा ८४हजार पटक शान्तिका लागि प्रवचन दिएका बुद्धले मानव जीवनलाई शान्ति र सुखको मार्गमा हिडाउने सुत्र दिएका छन् । मानिसलाई खुसी र सुखको मार्गमा हिडने ज्ञान बाडेका बुद्धले शान्ति स्थिरता कायम गर्नका लागि सधै भूमिका खेलेको देखिन्छ । यही बुद्धको जन्मस्थलमा पछिल्ला चरणमा विभिन्न स्वार्थ समुहहरुले अशान्ति गराउने चलखेल गरेको देखिन्छ । यसलाई रोक्नका लागि सवैपक्षले पहल गर्नु पर्दछ । लुम्बिनीलाई शान्तिक्षेत्रको रुपमा विकास गर्नका लागि सवैपक्ष एकताबद्ध भएर अगाडी बढ्नु पर्दछ । पात्रहरु फेरिएलान तर लुम्बिनी फेरिदैन । त्यसकारण लुम्बिनीक्षेत्राई सधै शान्ति र अहिंशाको रुपमा संस्थागत विकास गर्न आवश्यक छ । यसक्षेत्रलाई शान्तिक्षेत्रको रुपमा रुपान्तरण गर्नका लागि बुद्ध सन्देशलाई संस्थागत गर्नु पर्दछ ।

    लुम्बिनीलाई विश्वभरका मानिसको गन्तव्यको रुपमा विकास गर्नका लागि यहाँ आउने प्रत्येक पर्यटकलाई पनि ध्यान र सकारात्मक सोचको सन्देश दिने कार्यक्रमहरु गर्न र गराउन विकास कोषले पहल गर्न जरुरी छ । लुम्बिनीक्षेत्रमा बसोवास गर्ने स्थानीयवासीलाई पनि बुद्ध बचन र पञ्चशिल संग जोड्न पर्दछ । लुम्बिनीलाई एक साझा सम्पतीको रुपमा विकास गर्न सके नेपालको पर्यटन क्षेत्रले उपलव्धी प्राप्त गर्ने थियो । यहाँको बुद्ध सर्किट तथा बुद्धस्थलहरुलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागि राज्य तथा सरोकारवाला निकायहरुले भुमिका खेल्नु पर्दछ । नेपाल पर्यटनको प्रचुर सम्भावना भएको देश भएकाले यहाँ पर्यटक आउने वातावरण गर्नु पर्दछ । त्यसका लागि देशलाई शान्तिको देशको रुपमा विकास गर्न सक्नु पर्दछ । संसारभरका मानिसहरु शान्ति र सकारात्मक सोचका लागि नेपालमा आउने बातावरण तयार गर्न जरुरी छ । लुम्बिनीसंग जोडिएका प्रत्येक मानिसको मनमा पनि शान्ति र सकारात्मक सोचको विकास गराउने अभियानमा लुम्बिनीबासी लाग्नु पर्दछ । लुम्बिनी ‘ अहिंसा, शान्ति र मैत्रीको आधारशिला हो ।’ यसलार्ई अशान्त पार्न खोज्नेहरु छन् । उनीहरुलाई शान्त मार्गमा हिडाउने प्रयत्न गर्नुपर्दछ । संसारभरका मानिसहरुले बुद्ध जन्मस्थललाई श्रद्धाका साथ सम्मान गर्ने गर्दछ । यसलाई लुम्बिनीक्षेत्रमा पनि श्रद्धापुर्ण भावनाको विकास हुनु पर्दछ । बुद्ध शिक्षालाई व्यवहारिक शिक्षाको रुपमा विकास गर्न जरुरी छ । त्यसैले बुद्ध विश्वमा शान्ति र अहिंसाका मार्गदर्शक भएकाले लुम्बिनीक्षेत्रले यसको नेतृत्व गर्नु पर्दछ । यहाँका सबै मानिसमा सकारात्मक सोँच र शान्तिको मार्ग अवलम्बन गर्ने अवसर देखिन्छ । यसलाई व्यवहार प्रयोग गर्नु पर्दछ । त्यसैले लुम्बिनीलाई शान्तिको क्षेत्रको रुपमा विकास गर्न पर्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.