logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    राममणिमा शैक्षिण योजना निर्माण प्रशिक्षण सम्पन्न


    ९ चैत्र २०८० , शुक्रबार

    राममणिमा शैक्षिण योजना निर्माण प्रशिक्षण सम्पन्न

    लुम्बिनीखबर
    तिलोत्तमा, चैत ९ । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका प्राध्यापकहरूका लागि शैक्षणिक योजना निर्माण सम्बन्धी प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
    प्राध्यापन कार्य थप प्रभावकारी बनाउने उद्देश्यले शिक्षा तथा मानविकी संकायको आयोजनामा पुनर्ताजगी कार्यक्रमको रूपमा प्रशिक्षण दिइएको क्याम्पसले जनाएको छ ।
    सोही क्याम्पसका पाठ्यक्रम विषयका प्राध्यापक जीवनकुमार पौडेलले प्रशिक्षण दिँदै प्राध्यापन कार्य बढी प्रभावकारी बनाउने विधिबारे जानकारी दिँदै समग्र नतीजा बढोत्तरी गर्न सघाउ पु¥याउने बताउनुभएको थियो ।
    संकाय प्रमुख लक्ष्मण खरेलको अध्यक्षता, सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेको सञ्चालन तथा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा क्याम्पसका स्नातक र स्नातकोत्तर तहमा प्राध्यापन गर्ने तीनवटै संकायका प्राध्यापकहरूको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.