logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    सहकारी दिवसको अवसरमा मर्चवारमा विभिन्न कार्यक्रम गरिदै


    ११ चैत्र २०८० , आइतबार

    सहकारी दिवसको अवसरमा मर्चवारमा विभिन्न कार्यक्रम गरिदै

    मर्चवार, चैत १०। ६७औँ सहकरी दिवसको अवसरमा मर्चवार क्षेत्रमा विभिन्न कार्यक्रम गरिदैँछ । मर्चवारमा रहेको ३५ भन्दा बढी सहकारी संस्थाहरुको सहभागीमा गठित सहकारी दिवस मूल समिति मर्चवारको आयोजनामा विभिन्न सहकारी संस्थाहरुमा सहकारी शिक्षा अभिवृद्धि तालिम, सहकारी सचेतना ¥याली तथा स्वास्थ्य शिविरको अयोजना गरिएको समितिका संयोजक अशोक कुमार त्रिपाठीले जानकारी दिनुभएको छ ।

    मर्चवार क्षेत्रको कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकाको करीब ३५ वटा सहकारीमा १८ हजार बढी शेयर सदस्यहरुको अबद्धता रहेको मूल समितिका संयोजक त्रिपाठीले जानकारी गराउनु भएको छ । सहकारी सचेतना रैलीका कार्यक्रमका प्रमुख अतिथिको रुपमा रुपन्देही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्ल, विशिष्ट अतिथि लुम्बिनी प्रदेश सरकारका गृह मन्त्री सन्तोष कुमार पाण्डेय, प्रदेश सभा सदस्य कन्हैया बनिया, प्रदेश सभा सदस्य वशीउद्दीन खाँन लगायत मर्चवारको तीनवटै पालिकाको अध्यक्ष तथा वडाध्यक्ष सहित विभिन्न कर्मचारीहरुको उपस्थिति रहने पत्रकार सम्मेलनको अध्यक्षता समेत गरेका संयोजक त्रिपाठीले जानकारी दिनुभएको छ । स्थानीय तहसंग समन्वय गरी स्थानीय सरकारको प्रत्यक्ष सहभागी रहने वहाँले बताउनु भयो ।

    कार्यक्रमबारे जानकारी दिँदै समितिका सदस्य अशोक कुमार तिवारीले चैत ९ गतेदेखि १६ गतेसम्म मर्चवारको विभिन्न सहकारी संस्थाहरुमा सहकारीको महत्व, सहकारीको सिद्धान्त, सहकारीको प्रयोग लगायत सहकारीको विभिन्न निति नियम बारे सहकारी क्षमता विकास तालिम सञ्चालन हुने जानकारी दिएका छन् । १७ गते बीउ प्रशोधन केन्द्र कोटहीमाई ४ बाट, परसहवाँ, भवनडिहवा, रोइनिहवा, थुम्हवा, करौता, सेमरा, रायपुर, असुरैना हुँदै ओडवलियामा कोण सभा हुनेगरी सहकारी सचेतना ¥यालीको आयोजना गरिएको वहाँले बताउनु भयो । ¥यालीमा विभिन्न निकायसहित २ हजार सहकारी प्रेमीहरुको सहभागीता रहने छ । १८ गते युनिभर्सल क्लेज अफ मेडिकल साइन्ससेज भैरहवाको सहयोगमा कोटहीमाई ७ कटया विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने बताउनु भयो । १९ गते श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लि. मा सहकारी क्षमता अभिबृद्धि तालिम संचालन गरिने र २० गते जिल्ला स्तरीय मूल समारोहमा मर्चवारका सम्पूर्ण सहकारी संस्थाका प्रतिनिधि सहभागी हुने सदस्य तिवारीले जानकारी दिनुभएको छ ।

    सप्ताहव्यापी हुने सबै कार्यक्रममा सम्पूर्ण सहकारी प्रेमी, किसान, कर्मचारी, राजनितिक ब्यक्ति जनप्रतिनिधि लगायतकालाई सहभागीको लागि अनुरोध समेत गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.