logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    नेपाल कमर्शियल आर्टिष्ट संघको प्रथम अधिवेशन सम्पन्न


    ११ चैत्र २०८० , आइतबार

    नेपाल कमर्शियल आर्टिष्ट संघको प्रथम अधिवेशन सम्पन्न

    भैरहवा, ११, चैत । नेपाल कमर्शियल आष्र्टिट संघ रुपन्देहीको प्रथम अधिवेशन तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संघले एक कार्यक्रमको आयोजना गरी नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देहीको नयाँ कार्य समिति गठन भएको हो । उक्त कार्यक्रम उज्ज्वलकुमार दे कायस्थको अध्यक्षमा भएको थियो । कार्यक्रममा कायस्थले आर्टिष्टहरुको हक, हितको लागि आर्टिष्ट संघको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

    कार्यक्रमका विशिष्ट अतिथि केशर सिंह लामाले नेपालमा २ लाख भन्दा बढी भित्तेलेखन आर्टिष्टहरु भएको बताउनु भयो । तर नेपालबाट वाल पेन्ट हटाउने कुरा आउँदा धेरै कलाकारहरु बेरोजगारी हुने सम्भावना भएको भन्नुभयो । कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले कलाको सम्मान गर्दै कालाकारहरुको मन मस्तिष्कबाट आएको सफा चित्र नै कलाकारहरुको वास्तविक कला भएको बताउनुभयो ।

    कार्यक्रमका अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यले इतिहासका कुराको स्मरण गर्दै आर्टिष्टहरुको लोप हुन नदिन आग्रह गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘नेपाली आर्टिष्टहरुलाई जोगाउन स्थानीय तह, राज्य तहसम्म यसको ध्यानाकर्षण गर्नुपर्ने बताउनुभयो ।’ विभिन्न सरकारी तथा अन्य जुनसुकै कार्यक्रमहरुमा मायाको चिनोको महत्वपूर्ण भूमिका आर्टिष्टहरुको मेहनत बिना नहुने जानकारी दिँदै आर्टिष्टसंघका सदस्यहरुलाई सिद्धार्थ उद्योग वाणिज्य संघको सदस्यता लिन समेत सल्लाह दिनुभयो ।

    शनिबार भैरहवामा भएको अधिवेशनमा दिनेशमणि कोहारको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा अशोक कुमाल, उपाध्यक्ष मनोहर थापा, सचिवमा बिशन गुरुङ्ग, महसचिव कुलदिप (आकाश चौधरी), कोषाध्यक्षमा रवि घिमिरे, सहकोषाध्यक्षमा विष्णु हरिजन रहेका छन् ।
    त्यस्तै सदस्यहरुमा सौरभ श्रेष्ठ, हुकुम बलामी, सन्तोष चौधरी, शैलेष साहनी, रितेश शाक्य, सुग्रिम हरिजन भएको आर्टिष्ट संघले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.