logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा बिरहा, दंगल तथा होली मिलन कार्यक्रम


    ११ चैत्र २०८० , आइतबार

    लुम्बिनीमा बिरहा, दंगल तथा होली मिलन कार्यक्रम

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, ११ चैत । लुम्बिनी साँस्कृतिक नगरपालिका नगरपालिकाको आयोजनामा महिलवार क्रसफलो अफिस नजिकै बगैंचामा बिरहा, दंगल तथा होली मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा स्थानीय लोक संस्कृतिको सरक्षण प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा हरेक बर्ष फागुन महिनामा स्थानीय भाषा तथा संस्कृति संरक्षण सर्वद्वन विकासको लागि यस लुम्बिनी क्षेत्रमा प्राचीन समय देखि प्रचलनमा रहेको विरहा गितको आफ्नो सांस्कृतिक महत्व रहेको छ भने तिनै विरहा गायन गर्ने समुहहरुलाई फागुन गित समेत गाउने परम्परालाई जोगाउनको लागि विरहा दंगल तथा होलि मिलन कार्यक्रम गरिएको हो ।

    महिला र पुरुष गायक गायिका विच बिहरा दंगल प्रतियोगिता सामाजिक विकृति तथा विसंगति न्यूनीकरण बिषयमा विरहा गायन बुद्ध जिवनी तथा बुद्ध कालिन घटना परिघटनामा आधारित विरहा गायक फरुवाही नाच परम्परागत होली गीत गायक तथा होलि उत्सव मनाईएको भने कुराको जानकारी नगरप्रमुख सजरुद्दिन मुसलमानले दिनु भयो।

    कार्यक्रममा अतिथि तथा लुम्बिनीमा साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले लुम्बिनीमा साँस्कृतिक कार्यक्रम लोप हुँदै गएको भने कुराहरु आईरहेको हुँदा यो विरहा दंगल गितहरु आउने पुस्ताहरुमा पनि नयाँ पुस्ताले सिक्ने मौका पाउन कला संस्कृत भनेको देशको सम्पती हो यो जोगाउनु पर्छ आगामी दिनहरुमा हरेक देशबाट साँस्कृतिक कला हरेन आउने गरि जोगाउनु पर्ने हुन्छ भन्ने कुरा जानकारी दिनुभयो।

    कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी साँस्कृतिक नगरप्रमुख सजरुद्दिन मुसलमान, विशिष्ट अतिथि नगरउपप्रमुख कल्पना हरिजन, नगरपालिका कर्मचारीहरु, मायादेवी प्रगतिशील आमा समूहका सम्पूर्ण पदअधिकारीहरु नगरबासिहरु लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सामाजिक विकास शाखा प्रमुख फणीन्द्र पालले जानकारी दिन भएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.