लुम्बिनखिबर
भैरहवा, १४ चैत । सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण हे.क्वा.रुपन्देहीले भारतबाट अवैधरुपमा नेपाल तर्फ ल्याएको कस्मेटिकका सामान बरामद गरेको छ ।
गणका कमाण्डर शसस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको गाडी मोबाइल टोलिले जिल्ला रुपन्देही सियायी गाउँपालिका ७ कनरी इलाकाबाट उक्त सामान बारामद गरेको हो ।
तस्करी भएको विशेष सूचनाको आधारमा शसस्त्र प्रहरीले बुधवार विहान गस्तीका क्रममा लु १ ज ३५१० नं. छोटा हात्ती मोटर सहित १७ लाख ५४ हजार दुई सय ९० बराबरका तस्करीका सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण हे.क्वा.रुपन्देहीको सूचना शाखाले जनाएको छ ।
बरामद भएको तस्करी सामान नियन्त्रण गरि थप अनुसन्धानका लागि भैरहवा भन्सार कार्यालय चलान गरिएका शसस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ ।