असलम खाँन । लुम्बिनीखबर
मर्चवार, १५ चैत । रुपन्देहीको मर्चवारी गाउँपालिकाले सार्बजनिक रुपले आवतजावत गर्ने बाटोलाई कब्जा गरेको ठाउँमा मर्चवारी गाउँपालिकाले डोजर चलाई खाली गराएको छ । मर्चवारी गाउँपालिका वडा नं. ५ बनिया डिहा र कोटहीमाई ७ कटया जोडने बाटोमा सार्बजनिक रुपले प्रयोग गरिएको सडकलाई अतिक्रमण गरी बाटो बन्द गरिएको भन्दै गाउँपालिकाको न्याय समितिमा निबेदन परेको थियोे त्यो अतिक्रमण गरेको बिबादित जग्गाको विषयमा स्थानीय वासी र त्यहाँका बुद्धिजीवी हरुलाई बसाली छलफल र आमसहमती अनुसार जग्गा खाली गराइएको मर्चवारी गाउँपालिका गया प्रकाश बरईले बताए ।

यसपछि गाउँपालिका भित्र अन्य ठाउँमा पनि सर्बजनिक जग्गालाई गरिएको अतिक्रमण हटाउने तयारी बनाएको गाउँपालिका अध्यक्ष बरईले जानकारी दिएका छन् । सार्बजनिक जग्गा सबैको लागि भएकोले सबैले सार्बजनिक रुपले नै प्रयोग गर्न पाउने भनीे अतिक्रमण गरेका सबैले उक्त जग्गाहरुलाई समयमै छोडन उनले आग्रह गरेका छन् ।
सार्बजनिक जग्गा अतिक्रमणले समाजमा द्वन्द सिर्जना गर्दछ हरेक टोल बस्तीको सडकलाई हिलोमुक्त र सहज बनाउनु छ त्यसैले अतिक्रमण हैन संरक्षण गरौँ ।