भैरहवा, चैत्र २० । रुपन्देहीको ओमसतिया–१, ठुठीपीपलमा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारीले ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मङ्गलबार मायादेवी–८ लुम्बिनी रोडमा रहेको सिद्धार्थ बालगृह र तिलोत्तमा–१५ कोटिहवाको नेपाल अविनाश आनाथ आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ ।
साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत समयसमयमा सामाजिक गतिविधिहरु दन्त शिविर, नियमित रक्तदान कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । संस्थाले बालबालिकाहरुका लागि दाल, चामल, खाने तेल, नुन जस्ता खाद्यान्न सामाग्री वितरण गरेको संस्थाका व्यवस्थापक लक्ष्मण काउचाले बताउनु भयो ।
संस्थाका अध्यक्ष डी.बी.थापाले संस्थाको परिचयसहित ‘‘संस्थाले रुपयाँ र पैसाको मात्र कार्य नगरी निरन्तर समुदायिक कार्य पनि गर्दै आइरहेको र दोश्रो पटक बाल गृह/आश्रममा उपस्थित भएको जनाउनु भयो ।
संस्थाका उपाध्यक्ष परसुराम बास्तोला, सचिव शारदा देवी पौडेल, लेखा संयोजक रतन बहादुर भण्डारी, विभिन्न उपसमिति र कर्मचारीहरुको उपस्थिति र गोकुल पोखरेलको सञ्चालनमा खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।