logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    रोहिणीमा प्रहरी र समुदायबीच सार्वजनिक सुनुवाई


    २५ चैत्र २०८० , आइतबार

    रोहिणीमा प्रहरी र समुदायबीच सार्वजनिक सुनुवाई

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, २५ चैत । रोहणी गाउँपालिकामा प्रहरी र समुदायबीच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आइतवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना र इलाका प्रहरी कार्यालय धकधईको समन्वयमा सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न भएको हो ।
    रोहिणी स्थित रहेको रायमाझी फाउन्डेसनको सभाहलमा नागरिक सुनुवाई कार्यक्रममा विभिन्न विषयमा सुनुवाई गरिएको थियो ।
    नागरिक सुनुवाई कार्यक्रममा रोहिणी क्षेत्रका नागरिकहरुले प्रहरी र नागरिक विच हुनुपर्ने सम्बन्धका विषयमा छलफल चलाएको थिए । सुनुवाई कार्यक्रममा प्रहरी प्रमुख एवं प्रहरी समेतलाई आलोचनात्मक ढङ्गले कुरा राखेका एक समाजिक एभियन्ताले बताएका थिए । कार्यक्रमका प्रमुख अतिति रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव हाम्रो रोहिणी गाउँपालिका भारतीय सीमा क्षेत्रको हुनाले सीमावर्ती क्षेत्रका जनता प्रायजसो दैनिक उपभोक्ता सामाग्री सागसम्बजीका लागि बजार भारतीय बजार पस्न गरेको अध्यक्षको भनाई रहेको थियो । दुवै देशको रोटीबेटीको सम्बन्ध भएकोले सुरक्षाकर्मीले व्यहारिकताका हिसाबले विवाहवारीका सामग्री, विवाह लगायतका अन्य कार्यक्रममा सहायेगको लागि अपेक्षा रहेको अध्यक्ष यादवको भनाई रहेको थियो । कृषिको लागि बीउविजन, मलखाद कृषकको पहिचान गरी सहयोगको लागि यादवले आग्रह गरेका थिए ।
    कसैले प्रहरीलाई छलकपट गरी तस्करी गर्ने उद्देश्यले अघि बढीको छ भने त्यस्ता व्यक्तिले कानुनको भागीदारी आफै हुने अध्यक्षको भनाइ रहेको थियो । स्थानीय सरकारले टा«फिक जनचेतना लागू औषध छुवाछुत सम्बनधी जनचेतना चोकचोकमा सिसि.टिभी क्यामरा जडान धकधई चोकमा ए.एन. पि. आर. क्यामेरा जडान पालिकाकाको विकास विस्तारमा आफू अघि बढेको यादवको भनाई रहेको थियो ।

     
    विशिष्ट अतिथि पालिका उपाध्यक्ष नायक समिति संयोजक शिवकान्ति चमार आफू दुई कार्यकालमा लगभग ७ वर्ष हुन लागेको तर यस्ता समुदाय प्रहरीबीच आफनो कुरा साटासाट गरेको मेरो लागि नयाँ अनुभुति भएको समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण सुरक्षाको लागि हरपहर गाउँ र नगर, टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नारी सहित अघि बढेको प्रहरीको प्रशांसनिय कार्य रहेको उपाध्यक्षको भनाई रहेको थियो ।
    कार्यक्रमका अध्यक्ष एवं रुपन्देही जिल्लाका प्रहरी उपरिक्षक रन्जित सिहं राठोरले नागरिकहरुले राखेका आलोचनात्मक ढङ्गले राखेका कुराहरुलाई जबाफ देहिताका रुपमा जबाफ दिनुभएको थियो । महिला बालबालिकाका समस्या समाधानको लागि महिला सेल छ । नागरिक सहयता केन्द्र छ । जिल्लामा प्रवक्ता छ, सेवाग्राहीले छिटोछरित्तो सेवा पाउने आफ्नो उद्देश्य रहेको , साइबर अपराधको लागि छानविनको लागि जिल्लामा नै प्राविधिक व्यवस्था रहेको छ, वर्दीवाला प्रहरी, नागरिका समुदाय विनावर्दीको प्रहरी हामी सबैको कार्य समाजा रुपान्तरण विकृति विसंगति, हत्या, हिंसा, चोरी, अपराधलाई निरुत्साहित गर्ने भएरहित समाजको निर्माण गर्ने समुदाय र हामी सबैको दायित्व रहेको उपरिक्षकको भनाई रहेको थियो ।
    ईलाका प्रहरी कार्यालय धकधई प्रहरी निरिक्षक कृष्ण प्रसाद घिमिरेलाई विभिन्न राजनीतिक दल पूर्व प्रहरी संगठन सदस्यहरु समाजिक अभियन्ता विभिन्न संघसंस्थाका सदस्यहरु समेतले प्रहरी निरिक्षक घिमिरेले गरेको कार्य प्रशंसनिय योग रहेको समुदायले अन्तक्रियामा चर्चा गरेका स्थानीय प्रतिनिधिले बताएका थिए ।
    धकधई ईलाका प्रहरी कार्यलयको प्रहरी निरिक्षक कृष्ण प्रसादको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टको स्वागतमा कार्यक्रम सम्मपन्न भएको थियो । स्वागतकै क्रममा प्रहरी नायव उपरिक्षकले सामाजिक सञ्जालमा गलत प्रयोग, मोबाइलबाट ठगी र प्रलोभन, लागूऔष, घरेलु हिंसा, दाइजो प्रथा, छोराछोरीबीच विभेद गर्नु मानवीय कलंक हो । बालबालिकालाई संस्कारको आवश्यक र उल्लेखित बुदाहरु पाठ्यक्रमा समेत समावेश हुनुपर्नेमा भट्टले सुझाएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.