logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    ओमसतियाको ३ दुमदुवामा ज्ञान महायज्ञ सुरु


    २९ चैत्र २०८० , बिहिबार

    ओमसतियाको ३ दुमदुवामा ज्ञान महायज्ञ सुरु

    पशुपति यादव । लुम्बिनीखबर

    आफ्नो भवन भन्दा मन्दिर प्यारो
    रोहिणी, २९ चैत । ओमसतिया गाउँपालिका वडा नं.३ दुमदुमावामा स्थापित गौरीशंकर शिवशक्ति मन्दिरमा ज्ञान महायज्ञ सुरु भएको छ । गौरीशंकर शिवशक्ति धनधन्यञ्चल ज्ञान महायज्ञको शोभा कलश यात्राझाकी बाजागाजा ¥याली सहित सतियामाई मन्दिरमा जल अपर्ण गरी ज्ञान महायज्ञको मन्दिर परिसरमा ज्ञानमहायज्ञको कार्य शुभारम्भ गरेको यज्ञ व्यवस्थापन समितिले जनाएको छ ।


    महायज्ञको मुख्य पूजारी गौरीशंकर शिवशक्ति मन्दिरका संस्थापक राजबली धवलले आफ्नो बस्ने भवन भन्दा मन्दिरलाई प्राथमिकतामा र शिवपार्वती भगवान र धर्मप्रतिको आस्था आजको कार्यक्रमले नगरबासीलाई पहिचान दिएको समितिका उपाध्यक्ष सदावृक्ष गुप्ता शुक्लाले खुशी व्यक्त गर्दै जानकारी दिएका थिए ।
    यो धनध्यञ्चल ज्ञान महायज्ञ यही चैत २७ गते देखि शुभारम्भ भएको र वैशाख ५ गते रामवमीको दिन पूर्ण अहुती पश्चयत सम्पन्न हुने व्यवस्थापन समिति अध्यक्ष सत्यराम पाल लुम्बिनीखबर सञ्चारकर्मीसँग भने साथै यस महायज्ञमा तुलादान, अन्नदान, भूमिदान पर्वत दान समेत गर्न सक्ने चढेको भेटी रकम धार्मिक कार्यमा खर्च गर्ने अध्यक्ष पालको भनाई रहेको थियो ।
    यज्ञ व्यवस्थापन समितिका सचिव, कोषाध्यक्ष श्याम धवल लगायतको सदस्यहरु रहेको पूजा समितिले जनाएको छ ।
    ज्ञान महायज्ञका प्रमुख पूजारी श्री श्री १०८ श्री राजबली धवल महाराजले यस ज्ञान महायज्ञबाट भेटी रकम धार्मिक कार्यक्रममा खर्च हुने र यस ज्ञान महायज्ञबाट संस्कृति एवं संस्कार पुर्नताजकी हुने सम्पूर्ण श्रदालुहरुले यस ज्ञान महायज्ञ कथाको अमृतपान गरि यज्ञको उद्देश्यलाई पुरा गरिदिनु श्रदालु भक्तजनलाई आगमनको लागि मुख्य पूजारीले आग्रह गरेका सचिवालयले जनाएको हो ।
    ज्ञान महायज्ञको प्रमुख कथा बाचक दिनेश तिवारी महाराजजीको मुखारविन्दुबाट धाराप्रवाह हुने कथाको श्रवण गर्नु पुन्य कमाउनुहोस् । साझा ८ बजेदेखि १२ बजेसम्म कथा संचालनमा रहनेछ भने मण्डप पूजा अर्चना दीप प्रजवलन साझा विहान पूजा हुने रासलीला समेत हुने ज्ञान महायज्ञ मुख्य समितिले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.