असलम खान । लुम्बिनीखबर
मर्चवार, ११ वैशाख । रुपन्देहीको मर्चवारी गाउँपलिकामा १६ वटा पालिकाहरुको घुम्ती बैठक कार्यक्रम सम्पन्न भएको छ ।
रुपन्देही जिल्ला भित्र रहेको १६ वटा पालिका मध्ये मर्चवारी गाउँपालिका पनि एक हो ।
प्रत्येक महिनाको १० गते जिल्ला समन्वय समितिको समन्वयमा बसेको बैठकले रुपन्देही जिल्लाका पालिका भित्रका समस्या र स्थानीय जनताका आवश्यकता बारेमा छलफल गर्दै आएको र बिशेष गरि छाडा चौपाया व्यवस्थापन गर्ने, लागू अौषध न्युनिकरणको विषयमा, फोहर व्यवस्थापनको बिषयमा र पालिका स्तरिय बरुणयन्त्र ९दमकल० खरिद गर्ने महत्त्वपूर्ण छलफल भएको मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसादले बताएका थिए। कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चपागाईले हरेक क्षेत्रसंग समन्वय गरेर विकाससंगै अन्य क्षेत्रमा काम गर्दै आएको बताएका थिए ।
रुपन्देही जिल्ला प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लाका सबै पालिकासंग समन्वय गरेर शान्ति सुरक्षा लगायतको बारेमा काम गर्ने बताउँदै आफुले जुनसुकै समयमा सेवा दिने तयार रहेको बताएका थिए। मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंहले स्वागत मन्तव्य राख्दै घुम्ती बैठकले पालिका भित्रका समस्याहरुको पहिचान गरी समाधानका लागि सहयोग पुर्याउन र यसबाट हरेका पालिका समाधान अवश्य नै हुन्छ भन्ने विश्वास रहेको बताएकी थिइन् ।
कार्यक्रममा रुपन्देही जिल्लाका १६ वटा पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतका साथ सुरक्षा निकाय लगायतको सहभागिता रहेको थियो।