रुविना थापा । लुम्बिनीखबर
भैरहवा, १७ वैशाख । सञ्चारिका समूह नेपाल रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा महिला पत्रकाहरुलाई खोजमूलक समाचार लेखन तालिम सम्पन्न भएको छ ।
सोमबार भैरहवाको बोधी कटेजमा एक कार्यक्रमको आयोजना गरी २० जना महिला पत्रकारहरुको सहभागितामा एक दिने कार्यक्रम भएको हो ।
सहभागी महिला पत्रकारहरुलाई खोजमूलक समाचार लेखनको विषयहरुमा प्रशिक्षण गराइएका थियो ।
सिद्धार्थनगर नगरपालिकाको उप–प्रमुख उमा अधिकारीको प्रमख अतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो ।
सञ्चारिका समूह नेपाल रुपन्देहीकी अध्यक्ष एवं यस कार्यक्रमको प्रशिक्षक निरु गौतमको सञ्चालनमा यो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाको उप–प्रमुख उमा अधिकारीले भन्नु भयो,‘ महिला पत्रकारहरुले चलाउने कलमहरुमा महिलाका बारेमा ठूला ठूला ओहोदामा रहेका महिला देखि विशेष विभिन्न समस्यामा परेका महिलाहरुको विषयमा कलम चलाउन आवश्यक रहेको बताउनु भयो ।’ महिलाहरु पछाडि पर्नुको मूख्य कारण एक अर्को महिलामा रिस, डाह, खुट्टा तान्ने प्रवृति पनि एक रहेको बताउनुभयो ।
उहाँले हामी महिलाहरु विशेष क्षमतावान व्यक्ति भएको जिकिर गर्दै महिलाहरुले आफ्नो घरबाट सुरु गरेका कार्यहरु विभिन्न कार्यहरु कार्य क्षेत्रमा देखाउनुपर्ने उहाँको भनाइरहेको थियो । उहाँले महिलाहरुले पनि पुरुषले जस्तै समान काम गर्न सक्ने बताउदै समाजमा नमुना मूलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।