पशुपति यादव
रोहिणी, २१ वैशाख । शिक्षित नेपाली समृद्ध नेपाल भन्ने मूल नाराका साथ अक्सफोर्ड इङ्लिस बोडिङ्ग विद्यालयले नयाँ व्यवस्थापनको साथ अघि बढेको विद्यालय प्रशासनले जनाएको छ ।
अक्सफोर्ड इङ्लिस बोडिङ्ग विद्यालय २०५३ सालमा स्थापित भइ ओमसतिया गाउँपालिका वडा नं.–४ ठूलो बालापुरमा सञ्चालित रहेको विद्यालय विद्यार्थी र अभिभावकको मन छुन सफल एक अभिभावकले बताएका थिए । यो विद्यालयको ओगटने क्षेत्र डण्डा बस्ति, बालापुर, हुलाकी सडकको वरिपरी बस्तिको सानो बालबालिकालाई नर्सरी देखि कक्षा ७ सम्म पठनपाठनको व्यवस्था रहेको शान्त वातावरण, पारिवारिक वातावरण तथा संस्कार सहितको अध्यापन गराइने गरिब, दलित, जेहेन्दार आर्थिक अवस्थाको कमजोर विद्यार्थीलाई सहयोग गरी शिक्षामा पहुँच होस भन्ने आफूहरुको उद्देश्य रहेको प्रधानाध्यापकको भनाइरहेको छ ।
अक्फोर्ड विद्यालय आफ्नो स्थापना काल देखि यस क्षेत्रको बाबालिका आफ्नो घर आगनको विद्यालयमा, आफ्नो घरको रुखासुखा खाना नास्ता खाइ पढ्ने अवसर जुटाएका संस्थापक धन्यवादका पात्र हुन । कक्षा सञ्चालनमा रहेको सम्पूर्ण अभिभावक बुद्धिजीवि, शिक्षा प्रेमीहरुको विगतको जस्तो सहयोगको अपेक्षा राखेको छु । यो विद्यालय नाफा मुखी भन्दा सेवामुखीको रुपमा रहेकोले आफ्नो बालबालिकाको शैक्षिक सेवाको अवसर प्रदान होस् । विद्यालय प्रधानाध्यापक अन्जन धितालले आग्रह गरेका छन् । यो विद्यालय बालमैत्री तथा शैक्षिक क्षेत्रमा गुणस्तरीता प्रदान गर्ने विद्यालय भएकोले विद्यालय सञ्चालक एन्जिला घिमिरे बताउछिन नर्सरी देखि कक्षा ७ सम्म भर्ना खुलिरहेकोले आफ्नो नानीबाबुलाई समयमै भर्ना गर्नका लागि सम्पूर्ण अभिभावकमा अनुरोध गरेकी छिन् ।