logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    शान्तिको प्रतीक रोहिणी नदी


    १३ जेष्ठ २०८१ , आइतबार

    शान्तिको प्रतीक रोहिणी नदी

    रोहिणी नदी
    रुपन्देही जिल्लाको पुर्वक्षेत्रमा पर्ने रोहिणी नदी शान्तिको प्रतीक हो । बौद्धकालीन सभ्यताको खोज तथा अनुसन्धानले यो नदीलाई शान्ति मार्गको प्रतीकको रुपमा प्रमाणित गरेको छ । रोहिणी नदी बुद्धले शान्ति स्थापना गरेको नदी हो । बुद्धकालमा कोलीय गणराज्य (देवदह) र शाक्य गणराज्य (कपिलवस्तु) को सीमा रोहिणी नदी थियो । यो नदी हाल पाल्पा जिल्लाको चुरे पहाडबाट उद्गम भई रुपन्देहीको देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकाको सिमाना तथा ओमसतिया गाउँपालिका र रोहिणी गाँउपालिकाको सिमाना बनेको छ । नेपालबाट भारत तर्फ बग्ने यो शान्त नदी भारतको गंगा नदीमा मिसिन्छ । यो नदीको लम्बाई नेपाल र भारतमा गरेर करिब ८० माईल रहेको विज्ञहरुले बताउँछन् । ऐतिहासिक रोहिणी नदीलाई बुद्धकालीन रोहिणी नदीको रुपमा पनि चिनिन्छ । बुद्धकालीन समयमा कोलीय गणराज्य र शाक्य गणराज्यको सिमाना भएको यो नदीको पानीको विषयमा हुन थालेको युद्धलाई बुद्धले शान्त पारेको नदी भएकाले यसको महत्व रहेको छ ।

    बुद्धले युद्ध रोकेको रोहिणी
    बौद्धकालीन सभ्यता बोकेको यो नदी बुद्धले शान्ति कायम गरेको नदी हो । कोलीय गणराज्य र शाक्य गणराज्यको सिमानामा पर्ने यो नदीको पानीको बाडफाडका विषयमा दुई राज्यका किसानहरुको झगडा परेको थियो । किसानहरुको झगडा राज्यस्तरमा पुगेपछि समस्याले उग्र रुप लिएको बुद्धकालीन रोहिणी सभ्यता सम्बन्धी जातक अट्ठकथामा भेटिन्छ । रोहिणी नदीको पानी कोलीय गणराज्य र शाक्य गणराज्यका किसानहरुले वषौँदेखि आवश्यकताका आधारमा प्रयोग गर्दै आएका थिए । पानी र सिमानाका विषयमा कहिले विवाद भएको थिएन । तर समयक्रमसंगै झगडा हुने वर्ष वर्षातमा पानी कम आएका कारण नदीमा पानी कम भयो । नदीमा पानी कम भएपछि किसानलाई सिचाईमा पानीको अभाव सृजना भयो । नदीमा कम पानी भएपछि त्यो पानी दुई देशका किसानले संगै प्रयोग गर्न नपाउने भए । नदीमा कम रहेको पानी एक देशका किसानलाई मात्र सिचाँई गर्न पुग्ने भएपछि त्यो पानी कसले प्रयोग गर्ने भन्ने विषयमा दुवै देशका किसानमा ठूलो झगडा प¥यो । किसानको झगडा राज्यस्तर र राज्यका सेना–सेना बिच युद्धको अवस्थामा पुग्यो । युद्धको अवस्था सृजना भएपछि दुई देशका सेनापतिका साथै राजाहरु पनि युद्ध गर्ने निणर्य गरे । पानीको विषयमा युद्ध हुनै लाग्दा बुद्ध रोहिणी नदीको किनारामा आई युद्ध रोक्न सफल भएको बुद्धकालीन सुत्तनिपातले व्याख्या गरेको छ  । बुद्धले युद्ध हुने जानकारी पाएपछि रोहिणी नदीको किनारामा आई दुवैैै देशका राजा र जनतालाई सम्झाई बुझाई युद्धलाई सदाका लागि अन्त्य गरी शान्ति कायम गरेका थिए । त्यसकारण रोहिणी नदी बुद्धसंग जोडिएको शान्तिको प्रतीकको रुपमा रहेको ऐतिहासिक नदी हो । जसको प्रचार प्रसार र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक देखिएको छ ।

    शान्तिको प्रतीक रोहिणी नदी
    सिमाना बनेको शान्तिको प्रतीक रोहिणी नदी बौद्धकालीन समयमा महत्वपूर्ण नदीको रुपम परिचित नदी हो । यो नदीका कारण त्यसबेलाका शाक्य गणराज्य र कोलीय गणराज्य कृषि अर्थव्यवस्थामा बलिया थिए । कृषि क्षेत्रमा समृद्ध राज्यको परिचय बनाएका यी दुई राज्यले रोहिणी नदीमा एउटै बाध बाधेर सिचाईलाई व्यवस्थित बनाएको बौद्ध इतिहासमा भेटिन्छ । कला, संस्कृति, सभ्यता र समृद्ध यी दुई राज्यको विवाद र युद्ध सम्मको अवस्थालाई अन्त्य गराउनका लागि बुद्धले त्यही नदीको किनारामा पुगेर दिएको प्रवचन शान्ति र अहिंसाको मार्गलाई संस्थागत गर्ने मार्ग बनेको थियो । यो नदी अहिले पनि शान्तिको प्रतीकको रुपमा रहेको छ । हाल यो नदी संग जोडिएका चार वटा स्थानीय तह र लुम्बिनी विकास कोषले खोज अनुसन्धान गरि शान्तिको प्रतीकको रुपमा विकास गर्न जरुरी छ ।

    रोहिणी नदीमा बुद्धले दिएको उपदेश
    महामानव गौतम बुद्धले रोहिणी नदीमा पानीका विषयमा हुन थालेको युद्ध रोक्नका लागि दुई देशका राजाहरुलाई संगै राखेर उपदेश दिएको देखिन्छ । विभिन्न उपदेश दिँदै उनले राजाहरुलाई प्रश्न पनि सोधेका छन् । बुद्धले कलहको कारण के हो महाराज ? भन्दै प्रश्न सोधेका छन् । राजाले पानी हो भन्ते, भन्दै उत्तर दिन्छन् । बुद्धले पानीको मूल्य कति हो? महाराज भन्छन् । राजा भन्छन्, कम हुन्छ भगवान । बुद्ध सोध्दछन्, पृथ्वीको मूल्य कति हुन्छ महाराज ? राजा उत्तर दिन्छन्, अमूल्य हुन्छ भगवान । क्षत्रीयहरुको मूल्य कति हुन्छ महाराज भन्दै बुद्धले पुन प्रश्न सोध्दछन् ? क्षत्रीयहरुको मूल्य अमूल्य हुन्छ भगवान भन्दै राजाले उत्तर दिन्छन् । बुद्धले कम मूल्यको पानीका कारण किन युद्ध गरेर अमूल्य क्षत्रीयहरुको नाश गर्नुहुन्छ महाराज भन्दै युद्ध मानवका लागि घातक भएको भन्दै उनले सम्झाउँछन् । विभिन्न जातकहरुको उपदेश दिँदै बुद्धले शान्ति मार्गका लागि दुवै राज्यका राजा, सेनापती र जनतालाई बुद्ध वचनले प्रशिक्षित गर्दछन् । हुन लागेको युद्धलाई शान्तिमा बदल्दै शाक्य गणराज्य र कोलीय गणराज्यलाई शान्ति मार्गमा डो¥याउनमा भूमिका खेलेका छन् ।

    अन्त्यमा
    बुद्धको जन्मस्थल लुम्बिनी संसारभर प्रचारमा रहे पनि यसका अन्य स्थलहरुको विकास हुन सकेको पाइँदैन । सांस्कृतिक एवम् पूर्वाधारको विकास नहुँदा रुपन्देही, नवलपरासी र कपिलवस्तुका धेरै बुद्धस्थलहरु ओझेलमा परेका छन् । त्यस्तै रुपन्देहीभित्र ओझेलमा परेको ऐतिहासिक एवम् पवित्र नदी रोहिणी पनि हो । बुद्धले शान्ति स्थापना गरेको यो नदीलाई संरक्षण र शान्तिको प्रतीकको रुपमा संस्थागत गर्न आवश्यकता देखिन्छ । बुद्धकालमा कोलीय गणराज्य (देवदह) र शाक्य गणराज्य (कपिलवस्तु) को सिमानामा पर्ने यो नदी कृषि अर्थतन्त्रलाई सघाउ पु¥याउँदै आफ्नो शान्तिको सन्देश दिइरहेको देखिन्छ । मानिसमा नैतिकता र चरित्र हराउँदै गएको अवस्थामा सकारात्मक सोचको विकास गर्न यो नदी उदाहरणीय बन्न सक्दछ । विश्वलाई शान्तिको मार्गमा हिडाउनका लागि रोहिणी नदीको किनारामा बुद्धले दिएको उपदेश स्मरण गर्न जरुरी छ । आजको समयमा बुद्ध वचनलाई अनुकरण र अनुशरण गर्न सके शान्ति कायम राख्न सकिन्छ । त्यसकारण शान्तिको प्रतीकको रुपमा रहेको रोहिणी नदीलाई राज्यले चिन्न जरुरी छ । रोहिणी नदीको शान्ति भावलाई संसारभर पु¥याउन सके मानिसमा देखिएको युद्ध तथा अपराधलाई अन्त्य गर्न सकिन्छ । विभिन्न देशमा अहिले चलेका युद्धहरुको अन्त्य र शान्तिको नेतृत्वका लागि रोहिणी नदीको बुद्ध सन्देश सक्षम हुनेछ । त्यसतर्फ नेपाल सरकार र लुम्बिनी विकास कोषले ध्यान दिन जरुरी देखिन्छ ।
    (रायमाझी लुम्बिनीखबर पत्रिकाका सम्पादक हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.