logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    साहू–तेली कल्याण सेवा समिति रुपन्देहीका अध्यक्षको निधन


    १६ जेष्ठ २०८१ , बुधबार

    साहू–तेली कल्याण सेवा समिति रुपन्देहीका अध्यक्षको निधन

    भैरहवा, १६ जेठ । श्री महात्मा बुद्ध माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेका उद्योगी एवं समाजसेवी गुप्ताको निधनले उहाँको परिवारसँगै समाजलाई अपूरणीय क्षति पुगेको साहू–तेली कल्याण सेवा समिति रुपन्देहीका सचिव रामदयाल गुप्ताले बताए । उनले भने, ‘अत्यन्तै सरल र शालिन स्वभावका धनी साहू–तेली कल्याण सेवा समिति रुपन्देहीका अध्यक्ष रामवचन गुप्ताज्यूको निधनले हामी अत्यन्तै मर्माहत भएका छौं, समाजमा उहाँको अभाव खड्किरहन्छ ।’

    गुप्ताको सोमबार (१४ गते) साँझ साढे ५ बजे उपचारको क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा उपचारका क्रममा निधन भएको हो ।

    साहू–तेली कल्याण सेवा समाज लुम्बिनी प्रदेश संयोजक अजय कुमार गुप्ताले वरिष्ठ उद्योगी तथा समाजसेवी रामवचन गुप्ताको निधनले स्तब्ध बनाएको बताए । उनले भने, ‘उहाँको निधनप्रति हामी एकदमै दुःखी छौं । दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।।’
    सिद्धार्थनगर नगरपालिका–६ पिपरहिया निवासी स्वर्गीय रामवचन गुप्ता जगदम्बा राईस मिल सञ्चालन गर्दै आएका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.