logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    गणतन्त्र दिवसकाे अवसरमा भैरहवामा दीप प्रज्जवलन


    १६ जेष्ठ २०८१ , बुधबार

    गणतन्त्र दिवसकाे अवसरमा भैरहवामा दीप प्रज्जवलन

    भैरहवा, १६ जेठ । राष्ट्रिय युवा संघ, नेपाल रुपन्देही क्षेत्र नम्बर ३ (क) र सिद्धार्थनगर कमिटीले दीप प्रज्जवलन गरेको छ । गणतन्त्र दिवसको अवसरमा मंगलबार साँझ भैरहवाको देवकोटाचोकमा दीप प्रज्जवलन गरिएको संघको क्षेत्र नम्बर ३ (क) का अध्यक्ष अमित कुमार सेन्चुरीले बताए । राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष प्रवीन आचार्यको संयोजकत्व तथा संघको क्षेत्र नम्बर ३ का सचिव गोपाल परियारको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य सम्झना के.सी., सिद्धार्थनगर उपाध्यक्ष मनिषराज पाण्डे, कोषाध्यक्ष सौरभ श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.