पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, २१ जेठ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सिद्धार्थनगर भैरहवामा सङ्कटकालीन पूर्वअभ्यास सबै सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमबीच पूर्ण आपतकालीन अभ्यास गरिरहँदा विमानमा आगलागी भएको सङ्कटकालीन अवस्था जस्तो देखिन्थ्यो । विमानस्थलका एक कर्मचारीले बताएका थिए । प्रत्येक दुई वर्षमा फुल स्किल इर्मेजेन्सी एक्सर साइजका लागि विमानस्थलमा काल्पनिक आगलागीको घटना गराएको थियो र अन्तर्राष्ट्रिय उड्यन सङ्गठनको विधिविधान र मापदण्ड अनुसार गरिने काल्पनिक अभ्यास नै हो । यस्तो अभ्यासले सबै सरोकारवालाको वा सम्बन्धित निकायको जनशक्तिको क्षमता वृद्धिमा सहयोग पुग्ने यो प्रयोगात्मक अभ्यासले गर्दा मानवीय क्षति हुनबाट जोगाउने र कमी गर्न सक्ने विमानस्थलका व्यवस्थापक प्रताव बावु तिवारीले बताउनु भएको थियो ।
पूर्व अभ्यास कार्यक्रमका संयोजक एवं एयर पोर्ट अप्रेसन चिफ छविलाल खनाल सबै सरोकार वालाको जिम्मेवारी बाँडफाँड अनुसार सङ्कटकालीन पूर्व अभ्यासमा भूमिका निर्वाह गरेको र सबैको सोच हुन्छ, दुर्घटना आपतविपत कसैमाथि नपरोस् तर भइहालेमा कसैले टार्न सक्दैन तर यो प्रयोगात्मक अभ्यास टिमले यस्ता घट्नामा जनधनको क्षतिबाट जोगाउने र कमी गर्न सक्ने खनालको भनाई रहेको थियो ।
काल्पनिक घट्ना गराएर विमानभित्र रहेको यात्रुलाई उदारका गरिएको घाइतेलाई वर्गीकरणको हिसाबले स्ट्रिकर लगाएर प्राथमिकताको आधारमा उपचार गरेको दृश्य देखाइएको थियो । आगो निभाउने वरुण यन्त्र घाइते ओसारपसारमा एम्बुलेन्स एवं स्वास्थ्यकर्मी, सञ्चारकर्मी, रेडक्रसकर्मी, सामाजिक अभियन्ता समेतको उपस्थितिमा सङ्कट कालिन पूर्ण अभ्यास गराइएको खनाल ले जानकारी दिए ।