असलम खान । लुम्बिनीखबर
मर्चवार, ३१ जेठ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ पिपरहवामा वडा कार्यालय भवन बिहीबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव र उपाध्यक्ष कुमारी प्रियंका शाही सिंहले वडा भवनको शिलान्यास गर्नु भएको हो ।
शिलान्यास पश्चात बोल्दै गाउँपालिका अध्यक्ष श्रीवास्तवले भवनको अनुमानित लागत १ करोड २० लाख रहेको बताउनु भएको छ। उहाले वडा कार्यालय भवनमा पाँचवटा कोठा, शौचालय र स्नान घर समेत निर्माण हुने जानकारी दिनु भएको छ ।उहाले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको बताउनु भएको छ । सम्मरीमाई गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्सी प्रसाद माझीले प्राविधिक अध्ययन अनुसन्धान समय बदलिदो परिवेशअनुसार भुकम्प प्रतिरोधात्मकको हिसाबले वडा कार्यालय भवन निर्माण हुने बताउनु भएको छ । सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अदहम अलि देवानले वडा कार्यालयको भवन निर्माणमा निगरानी र गुणस्तरमा विशेष ध्यान दिइने बताउनु भयो ।
आफुले एक कठ्ठा तीन धुर जग्गा दान दी नयाँ भवन निर्माण हुन लागेको वडा अध्यक्ष देवानले बताउनु भएको छ । भवन शिलान्यास कार्यक्रममा गाउँपालिकाका वडा नम्बर ५ का वडाअध्यक्ष श्रवणकुमार यादव,वडा नम्बर ६ का वडाअध्यक्ष तौलन केवट, इञ्जिनियर गुप्ता ,वडा घनश्याम बरई, समाजसेवी सहाबुद्दीन देवान, समाजसेवी मान सिंह, वडा वासी लगायतको उपस्थिति रहेको थियो ।