ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, ३२ जेठ । गते रूपन्देहीको मणिग्राममा सञ्चालित राममनि ईन्टर एड ईन्स्टिच्युट औपन टि १० एस.ई.ई कप क्रिकेट प्रतियोगितामा फेमस ईन्स्टिच्युट अफ लर्निङ्ग रामग्राम समुह प्रथम भएको छ ।आरम्भ एजुकेसन एकेडेमी सिदार्थ नगरलाई ५१ रनले पछि पार्दै रामग्राम समूह पहिला भएको हो ।

राममणि बहुमुखी क्याम्पसको आयोजनामा आईतवार सम्पन्न फाईनल प्रतियोगितामा फेमस समुहलाई ८०००।– नगद सहित सिल्ड मेडल प्रमाणपत्र बाट सम्मानित गरिएको थियोे । दोस्रो हुने आरम्भ समुहलाई ५०००।– नगद सहित सिल्ड मेडल प्रमाणपत्र प्रदान गरिएको छ ।

गत जेष्ठ १० गते बाट संचालित प्रतियोगितामा रुपन्देही र नवलपरासीबाट ३२ वटा ईन्स्टिच्युटमा अध्यनरतएस.ई.ई दिएका विद्यार्थीहरुको प्रतिस्पर्धा रहेको थियो । प्रतियोगिता विभिन्न संघसंस्थाका पदाधिकारी र स्थानीय जनप्रतिनिधिहरुको सहभागीमा सम्पन्न भएको छ ।