logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा राष्ट्रिय परिचयपत्रको वैयक्तिक विवरण दर्ता बिहान ८ बजेदेखि नै


    १ असार २०८१ , शुक्रबार

    रुपन्देहीमा राष्ट्रिय परिचयपत्रको वैयक्तिक विवरण दर्ता बिहान ८ बजेदेखि नै

    लुम्बिनीखबर

    भैरहवा, ३२ जेठ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले राष्ट्रिय परिचयपत्रको वैयक्तिक विवरण दर्ता गर्ने कार्य बिहान ८ बजेबाटै सुरु गरेको छ । मंगलबारदेखि उक्त सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

    ‘पछिल्लो समय सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपश्चात परिचय पत्रको वैयक्तिक विवरण दर्ता गर्न आउने ज्येष्ठ नागरिकहरुको संख्या अत्याधिक बृद्धि भएको छ’, उनले भने, ‘यसलाई मध्यनजर गरेर हामीले वैयक्तिक विवरण भर्ने कार्य बिहान ८ बजेबाट सुरु गरेका हौं ।’

    उनका अनुसार तयार भई आएको राष्ट्रिय परिचयपत्र वितरण कार्य भने अब दिउँसो २ बजेबाट मात्रै हुनेछ । ‘ज्येष्ठ नागरीकहरुलाई सहज र सरल तरिकाबाट सेवा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय परिचयपत्र वितरण कार्य दिउँसो २ बजेपछि मात्र हुनेछ’, अर्यालले भने ।

    बिहान ८ बजेदेखि परिचय पत्रको फोटो खिच्ने लगायतका काम हुनेछ । ‘दिउँसो गर्मीमा आउँदा जेष्ठ नागरिकलाई समस्या हुने भएकाले पनि सेवा अवधि लम्ब्याएका हौं’, उनले भने, ‘बिहान र दिउँसो २ बजेपछि सेवा लिन आउँदा निकै सहज हुने हाम्रो अनुमान छ ।’ उनका अनुसार बेलुका पनि कार्यालय समयावधि लम्ब्याइएको छ । ‘बिहान मात्रै होइन्, हामीले बेलुकामा पनि सेवाग्राही रहँदासम्म सेवा दिन थालेका छौं’, अर्यालले भने ।

    उनका अनुसार कार्यालय समय बिहान १० देखि बेलुका ५ बजेसम्म रहे पनि बिहान ८ बजेबाट र बेलुका अनिश्चित समयका लागि लम्ब्याइएको हो । बेलुका सेवाग्राहीको चाप हुँदासम्म प्रशासनका कर्मचारीले निरन्तर काम गर्नेछन् । बेलुकाको समय भने तोकिएको छैन । ‘कहिले साढे ५ बज्ला, कहिले ६–७ पनि बज्न सक्छ तर हामीले सेवाग्राहीलाई फर्काउँदैनौं’, उनले भने ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.