logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ओमसतिया –४ मा धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न


    ७ असार २०८१ , बिहिबार

    ओमसतिया –४  मा धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    लुम्बिनीखबर
    भैरहवा, ५ असार । ओमसतिया गाउँपालिका वडा नं. ४ को आयोजना र लुम्बिनी खबर मिडिया क्लबको समन्वयमा राम जानकी मन्दिरमा धार्मिक तथा सांस्कृतिक संरक्षण दुई दिवसीय कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रम ओमसतिया गाउँपालिका वडा नम्बर ४ वडा सदस्य ओमकारनाथ पाण्डेको प्रमुख अतिथ्यमा र लुम्बिनी खबर मिडिया क्लब ओमसतिया शाखा प्रमुख पशुपति यादवको अध्यक्षतामा, कार्यक्रममा प्रमुख अतिथि तथा ओमसतिया वडा नं. ४ का सदस्य पाण्डेले ब्यानर वाचन गरी धार्मिक तथा सांस्कृतिक संरक्षण गर्न अति नै आवश्यक रहेको आगामी दिनमा पनि यस्तै अझै कार्यक्रम गर्न बताउनुभयो ।कार्यक्रममा प्रमुख प्रशिक्षक तथा सरस्वती एवं अखण्ड सुख केन्द्रका अध्यक्ष वेदवेदान्तका तथा हिन्दू धर्म सम्बन्धी प्रशिक्षण गर्दै महाभारत तथा रामायण जस्ता पुराणहरूको वाचन गर्दै आफ्नो धर्म संस्कृति, रीतिरिवाज, चाडपर्व आफू स्वयमले जोगाउनुपर्ने बताउनुभयो ।
    संस्कार र संस्कृति बिनाको समाज र परिवार विध्वंशकारी हुन्छ जी.सीको भनाइ रहेको थियो ।

    भने लुम्बनीखबर मिडिया क्लबका संयोजक झब्बर यादवको सञ्चालनमा र रुबिना थापाको स्वागत मन्तव्यमा ओमसतिया गाउँपालिका वडा नं ४ का जनप्रतिनिधि, वडा सदस्यहरु, स्थानीय, राजनीतिक दलका प्रतिनिधिहरु, धार्मिक व्यक्तित्वहरू लगायत स्थानीय वडा बासीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम भजन किर्तन हिन्दु सनातन धर्मको चर्चा परिचर्चा पूजा अर्चना सहित सन्तसनातनहरुलाई प्रसाद एवं अचला समेतद्वारा सेवा प्रदान गरिएको मन्त्र उच्चारणद्वारा जाप हवन तथा भक्तजनहरूलाई प्रसाद ग्रहण समेत गराइयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.