logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सञ्चार र प्रविधिको विकासलाई संस्थागत गरौँ ः मुख्यमन्त्री महरा


    १० असार २०८१ , आइतबार

    सञ्चार र प्रविधिको विकासलाई संस्थागत गरौँ ः मुख्यमन्त्री महरा

    लुम्बिनीखबर
    दाङ(देउखुरी), ९ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको श्रमबजारलाई बिदेशमा जानबाट रोक्नुपर्ने बताउनु भएको छ ।
    उहाँले नेपालले उत्पादन गरेका योग्य श्रमशक्तीलाई विदेशीले प्रयोग गरेको भन्दै त्यो रोक्नका लागि सवैपक्षले छलफल चलाउनु पर्ने धारणा राख्नु भयो ।
    नेपालको पर्यटन, पर्यावरण, कृषि, जलस्रोत लगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरि नेपाली श्रमबजारलाई यहि खपत हुने वातावरण श्रृजना गर्ने तर्फ लुम्बिनी प्रदेश सरकारले थालनी गरेको जानकारी दिनुभयो ।
    नेपाली श्रमीकको श्रममुल्य नेपालमा कम रहेकाले विदेशीनु पर्ने बाध्यता रहेको छ । मुख्यमन्त्री महराले भन्नुभयो, ‘नेपाली उत्पादनको बृद्धि र श्रममुल्य समय सापेक्षक बनाउन जरुरी देखिन्छ ।’
    दाङको घोराहीमा सुचना तथा सञ्चार, प्रविधिको विकासको नविनतम प्रयोग(कृत्रिम बौद्धिकता) सम्बन्धी कार्यक्रममा उद्धघाटन गर्दै उहाँले समयको रफ्तार संगै प्रविधिको विकास र विस्तार हुदै गएको बताउनुभयो ।
    राप्ती इन्जिनरिङ कलेज, स्वर्गद्धारी कम्युनिकेसन तथा रिर्सच सेन्टर र साइलेन्स रिसर्च एण्ड इनोभेसन सेन्टरले सयुक्त रुपमा आयोजना गरको उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री महराले असल कर्म र मानव हितका लागि प्रविधिको प्रयोगमा सवैले जोडदिनुपर्ने सुझाव दिनुभयो ।

     
    विभिन्न डिजिटल प्रविधि र सञ्चार क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक र सरोकारवाला निकायको सहभागी भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले नेपालको माटो सुहाउने र योग्य जनशक्ती उत्पादनका लागि सवैपक्षले काम गर्नुपर्ने बताउनुभयो ।
    मुख्यमन्त्री महराले संसारमा विकसित हुदै गरेको डिजिटल प्रविधिलाई मानव कर्म र सहिरुपमा प्रयोग गर्न जरुरी भएको बताउदै गतलरुपमा प्रयोग हुने विषय वस्तुहरुलाई नियन्त्रण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
    नेपालको गुणस्तर शिक्षालाई टेक्नोलोजी संग जोड्नु जरुरी छ । मुख्यमन्त्री महराले भन्नुभयो,‘ प्रविधि र सञ्चार संग जोडिएको शिक्षा प्रभावकारी देखिएको छ ।’
    नेपालका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु विदेशीने क्रम बढदो रहेकाले यसको विषयमा अनुसन्धान र खोज गरि नेपालमा नै अध्ययन गर्ने बातावरण तयार गर्न उपस्थित शिक्षाविदहरुलाई मुख्यमन्त्री महराले आग्रह गर्नुभयो ।
    एकदिन सम्म सञ्चालन हुने उक्त कार्यक्रममा प्रविधिक्षेत्रमा ५ जना विज्ञले प्रविधिक्षेत्रको बौद्धिक प्रयोग गर्ने विषयमा प्रशिक्षण गर्ने छन् ।
    लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्टार रेख भण्डारी, पुर्व स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरि, नेपाल टेलिभिजनका नायव महाप्रवन्धक इ. चिन्तामणी बराल र नेपाल टेलिकमका इ. रबिराज यादवले कृत्रिम बौद्धिकता सम्बन्धी डिजिटल प्रविधिको प्रयोग र फाईदाका विषयमा प्रशिक्षण गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.