अन्जना चौहान, लुम्बिनीखबर ।
लुम्बिनी, ९ असार । रुपन्देही जिल्लाको लुम्बिनी संस्कृतिक नगर पालिका वडा न ११ बस्ने मोमिना खातुनको घरमा गए राती चोरी भएको छ ।
खातुनको घरमा लगभग दुइ बजे तिर ठूलो छति हुने गरी अज्ञात समूहले पचास हजार नगद, ६ लाख बराबरको गरगहना लगायत लत्ताकपडा चोरी भएको छ । ‘‘राती खाना खाए पछि छोरी बालबच्चासमेत छत माथि सुत्न गएका थियौं, मलाई सन्चो नभएर निदाएको थिए, बिहान उठ्दा घरमा चोरी भएको थाह पाए, उनले भनिन् । ‘‘मेरो श्रीमान् बिदेश बस्नु हुन्छ छोरीको बिहेको लागि पैसा गहना जुडाएर राखेको थिए त्यो पनि चोरी भयो ।’’
अहिलेको समयमा यस्तो घटना विभिन्न गाउँघरमा दिन प्रतिदिन बढ्दै गएको छ । घरमा एक्लै बस्न त्रास लागेको उनले बताइन् । यो घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनु भयो ।