असलम खान । लुम्बिनीखबर
मर्चवार, १८ असार । सम्मरीमाई गाउँपालिकमको सहयोग र मर्चवार प्रेस क्लबको आयोजनामा पाँच दिने पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । तालिममा पत्रकारहरूलाई पत्रकारिताका विभिन्न पक्षहरुबारे प्रशिक्षण दिइएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथिकारुपमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवका अनुसार, यहाँ सिकेका सिप र ज्ञानले व्यावसायिक जीवनमा नयाँ दिशा दिने बताउनु भयो ।
तालिमका प्रशिक्षक राष्ट्रिय समाचार समितिका प्रमुख धर्मेन्द्र झाले भन्नु भयो ‘‘तालिमले सहभागी पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न प्लेटफर्ममा समाचार संकलन, सम्पादन र प्रकाशनको क्षमता बढाउनु हो ।’’ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कार्यसमिति सदस्य तथा मर्चवार प्रेस क्लबका बरिष्ठ सल्लाहकार रामविकास चौधरीले आफ्नो विचार राख्दै तालिमको प्रभावकारिता र सहभागीहरुको उत्साहको प्रशंसा गर्नुभयो । चौधरीले भन्नुभयो ‘‘यहाँका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न गाउँपालिकाले गरेको सहयोग प्रशंसनीय छ ।’’

तालिममा १५ जना महिला तथा पुरुष पत्रकारहरू सहभागी रहेका थिए । सहभागीहरुले तालिमबाट प्राप्त ज्ञान र सिपलाई प्रभावकारीरुपमा प्रयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । तालिमको समापन समारोहको अध्यक्षता मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताले गर्नु भएको थियो । अध्यक्ष गुप्ताले तालिममा सहभागी पत्रकारहरूलाई यहाँ सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्न अनुरोध गर्नुभएको थियो ।
तालिम उद्घाटन तथा समापन कार्यक्रम मर्चवार प्रेस क्लबका सचिव असलम खानले सञ्चालन गरेका थिए भने कार्यक्रममा सम्मरीमाई गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत मुन्सी प्रसाद माझी, प्राविधिक शाखा प्रमुख रामदेव गुप्ता लगाएत मर्चवार प्रेस क्लबमा आवद्ध पत्रकारको उपस्थिति रहेको थियोे ।