logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले राजनीतिक दलमा संघीयताआउन नसकेका बताए


    २२ असार २०८१ , शुक्रबार

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले राजनीतिक दलमा संघीयताआउन नसकेका बताए

    देउखुरी, २१ असार । नेपालको संघिय सरकारमा देखिएको राजनीति हलचलले प्रदेशहरूलाई पनि असर पुराएको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले बताउनुभएको छ । हामीले परिकल्पना गरेको सङ्घीयतालाई संस्थागत गर्न पार्टीहरूले नसकेको उहाँले धारणा छ ।

    संघीय सरकारमा एमालेले सरकारलाई दिएको सर्मथन फिर्ता लिएसँगै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि एमालेले फिर्ता लिएको छ । समर्थन फिर्तासँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले विहीवार राती नै मुख्यमन्त्री महरालाई राजिनामा बुझाएका छन् ।

    मन्त्रीहरूले दिएको राजिनामा बुझ्दै मुख्यमन्त्री महराले  देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि नेपालका ठूला पार्टीहरूमा सङ्घीयता लागुहुन नसक्दा केन्द्रमा देखिने समस्याले प्रदेशलाई पनि असर पुराएको बताउनुभयो ।

    सङ्घीयतालाई संस्थागत गर्नका लागि पार्टीहरूमा पनि प्रदेश र स्थानीय तह सम्म स्वविवेक अधिकार र सरकार गठनलाई प्रदेशलाई नै जिम्मेवारी बनाउनुपर्ने सुझाव दिनुभयो ।

    केन्द्रिय राजनीतिमा देखिने हलचलले प्रदेशलाई पनि असर पुराउनु गतल हो । मुख्यमन्त्री महराले भन्नुभयो,‘ हामीले सङ्घीयता ल्याएपनि आफ्ना पार्टीहरूमा सङ्घीयता ल्याउन असमर्थ देखिएको छौँ । प्रदेशलाई संस्थागत गर्नका लागि पार्टीहरूले सोच्नुपर्ने अवस्था आएको छ । ’

    समृद्ध प्रदेशको निर्माण गर्नका लागि प्रदेशको राजनीति नेतृत्वले नै पहलकदमी गर्नु पर्दछ । संघिय सरकारमा देखिएका समस्या संघले र प्रदेशमा देखिने समस्या प्रदेशले समाधान गर्ने परिपाटीको विकास गर्न हामी लाग्नुपर्ने मुख्यमन्त्री महराले राजिनामा बुझाउन आएका मन्त्रीहरूलाई बताउनुभयो । यसका लागि पार्टीहरू भित्रनै सङ्घर्ष गर्नुपर्ने बेला आएको मुख्यमन्त्री महराको सुझाव रहेको छ ।

    लामो जनयुद्ध तथा जनआन्दोलनले संस्थागत गरेको संघियताले तिन तहको सरकार निर्माण गरि समृद्ध हुने परिकल्पना गरिए पनि विभिन्न समस्याले अल्झाई रहेको बिचार मुख्यमन्त्रीले राख्नुभयो ।

    प्रदेश सरकारको स्थापनासँगै यस्ता परिघटनाहरू देखा परेकाले प्रदेश संरचनाको औचित्य छैन भन्ने आवाजहरूले स्थान पाएको भन्दै मुख्यमन्त्री महराले यस्ता समस्यालाई ब्रेक गर्नका लागि हामीहरू तयार हुनुपर्ने सुझाव दिनुभयो ।

    लुम्बिनी प्रदेश सरकारमा हामी छोटो समयसँगै कमगर्ने अवसर प्राप्त गर्नासाथ धेरै जनपक्षीय कामहरू गर्न सफल भएका छौँ । मुख्यमन्त्री महराले भन्नुभयो ,‘ हामीले शुरु गरेका कामहरू चालु आर्थिक वर्षको अन्त्य सम्म पुरा गर्ने दायित्व थियो तर राजनीतिमा देखिएको फेरबदलले पुरा गर्न सकेनौँ । आगामी आर्थिक वर्षका लागि पनि हामीले सहकार्यमा ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई कार्यन्वयनका लागि कार्यविधि बनाएर अगाडि बढ्नुपर्ने थियो । त्यो गर्न नसक्नु हाम्रो बाध्यता भयो  ।’ 

    हामी सरकारमा आएसँगै धेरै अप्ठ्यारा कामहरुलाई विस्तारै सहज बनाउदै लगेको थियौँ । समितिका सभापतीहरु चयन गरेयौँ । समितिका बैंठकहरुलाई निरन्तरता दिएका छौँ । सदनलाई यथेस्ट विजनेस दिएको छौँ । निकै राम्रो बातावरणमा सरकार सञ्चालन भैरहेको अवस्थामा आएको यो हलचलले लुम्बिनी प्रदेश सरकारलाई असहज तर्फ धकलेको मुख्यमन्त्री महराले बताउनुभयो ।

    प्रदेशमा अहिल सम्मकै सहज, शान्त बातावरण, सबैभन्दा शालिन रुपमा मन्त्रीपरिषदका बैठकहरु बसेयौँ । प्रदेशका मन्त्रालयहरु सकारात्मक मार्गमा अगाडि बढिरहेका थिए । तर हामीले पाएको जिम्मेवारी पुरागर्न केन्द्रिय राजनीतिले समस्या श्रृजना गरेको मुख्यमन्त्री आफ्नो मन्तव्यमा बताउनुभयो ।

    मैले पूर्णरुपमा मन्त्रीहरूलाई विश्वास गरे भन्दै मुख्यमन्त्री महराले मन्त्रीहरूले पनि आफुले विश्वास गरे अनुसार जोश र जागरका साथ जनपक्षीय काम गरेको  बताउनुभयो ।

    उहाँले भन्नुभयो,‘ नीति तथा कार्यक्रम त्यायौँ, त्यो सहज ढंगले पास गरेयौँ । जनअपेक्षा अनुसार बजेट निर्माण गरेयौँ, प्रतिपक्षलाई विरोध गर्ने बातावरण नै निर्माण गरेनौँ ।’

    कर्मचारीतन्त्रले कामगर्न दिन्न भन्ने थियो तर हामीले सहज सहकार्यमा कम गरेयौँ । मुख्यमन्त्री महराले भन्नुभयो,‘ कार्यक्षेत्रमा मन्त्री र सचिव विचमा सकारात्मक सम्बन्ध निर्माण गरि जनता संग प्रत्यक्ष जोडिएर काम गरेयौँ ।’

    यो हाम्रो दोष नभएर बाध्यता हो । आशा छ फेरि पनि हामी एकठाउ हुने छौ भन्दै मुख्यमन्त्री महराले आफ्नो नेतृत्वमा रहेको सरकार सफल गराउन सधै अग्रपंतिमा उभिएकोमा राजिनामा दिने एमालेका मन्त्रीहरु प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.