अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, १० साउन । लुम्बिनी साँस्कृतिक नगरपालिकामा शिक्षण संस्थाहरुको माध्यमिक परीक्षा २०८० समीक्षा बैठक भएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका अन्तर्गत पर्ने शिक्षण संस्थाहरुको माध्यमिक परीक्षाको समीक्षा बैठकमा नगरपालिकाका शिक्षा शाखाले अहिले एस.ई.ई परीक्षामा सामुदायिक विद्यालयको नतिजा न्यून रहेको हुनाले र आगामी दिनहरुमा कसरी सुधार गर्ने बारे सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा १ देखि १३ नम्बर वडामा विद्यालयका शिक्षकहरु र वडा अध्यक्षहरुको उपस्थितमा सम्पन्न भएको हो ।
समीक्षा कार्यक्रममा नगरपालिका भित्रका प्रत्येक माध्यमिक विद्यालयका प्रतिनिधीहरुले विद्यालयमा विद्यार्थीको एस.ई.ई को नतिजा खस्कदो देखिनुको कारण बताएका थिए । साथै कार्यक्रममा नगरपालिका अन्तर्गतको माध्यमिक विद्यालयको नतिजा विवरण प्रस्तुत गरिएको थियो ।
प्रस्तुत विवरण अनुसार सामुदायिक विद्यालय तथा सामुदायिक धार्मिक विद्यालयको भन्दा संस्थागत विद्यालयको नतिजा उत्कृष्ट देखिएको छ ।
सामुदायिक विद्यालयमा भौतिक, शैक्षिक तथा आर्थिक रुपमा उत्कृष्ट रहेपनि संस्थागत विद्यालयको भन्दा न्यून उपलब्धी देखिनु भन्ने गम्भिर प्रश्न खडा भएको छ ।
यसमा विद्यालयका प्रधानाध्यापक, प्रध्यापन गर्ने विषय शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक , नगरपालिकाका शिक्षा प्रमुख को कमजोरीबाट भएको हो कि विद्यार्थीको कमजोरी हो भन्ने कुरा किटान गर्नु हावश्यक रहेको छ र अगामी दिनमा उत्कृष्ट नतिजा ल्याउनमा सबैले आआफनो तर्फबाट पहल गर्न आवश्यक रहेको सहभागीहरुले जनाएका थिए ।
यसरी विवरणको विषयगत रुपमा हेर्दा सबै भन्दा बढी विद्यार्थी गणित विषयमा अनुत्र्तीण देखिनुको कारण के हो जस्ता विविध विषयमा छलफल गरीको थियो ।

कार्यक्रममा वडा– ६ वडा नैमुल्ल हक मुसलमान, वडा– ३ वडा अकरामुद्दिन मुसलमान वडा–४ वडा अध्यक्ष विनोद श्रीवास्तव, वडा– १० विनोद कहाँर, वडा– १३ सई मोहम्मद खान लगायत सबै वडाका अध्यक्षहरुले नगरपालिका भित्रका सबै विद्यालयका प्रधानाध्यापकहरुलाई हेरफेर गर्नु, नियमित विद्यालय अनुगमन, विद्यालयमा कडा काम कारवाही, प्रधानाध्यापक गैर जिम्मेवार विद्यालय बाहिर हुनु, विद्यालयमा नियमित शिक्षक आफनो काम प्रतिको जिम्मेवारी वोध नगर्नु जस्ता विशेष निगरानी हुनुपर्ने जिकीर गरेका थिए ।
लुम्बिनी साँस्कृतिक नगरपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुलीले आगामी दिनहरुमा विद्यालयका शैक्षिक, भौतिक, प्रशासकीय र व्यवस्थापकीय सुधारको लागि विशेष योजनाका साथ अगाडि बढने बताइन् ।
नगरपालिका शिक्षा शाखा प्रमुख पराजुलीका अनुसार शिक्षा शाखाले कक्षाकोठा शिक्षण सिकाई क्रियाकलापको अवलोकन गर्ने, शिक्षासंग सम्बन्धित रहेर सरोकारवाहरुको बीच समन्वय गर्ने, शैक्षिक योजना निर्माण र कार्यान्वनमा जोड दिने, विद्यालयको नियमिय अनुगमन तथा मुल्याङ्कन गर्ने, विद्यालयहरुमा भएको समस्याहरुको पहिचान र समाधानको लागि पेस गर्ने, प्रध्यापक शिक्षक गर्ने कार्य नियमित रुपमा आन्तरिक परीक्षा संचालन गर्ने विद्यालयको व्यवस्थापन सुधार गर्ने, असल अभ्यासहरुको आदान प्रदान गर्ने बताइन् । अभिभावकहरुले आफ्नो बाल बच्चाहरुको विशेष हरेचार निगरानी गर्ने विद्यालयमा समय समयमा उपस्थिति भई विद्यार्थीको प्रगति जाँचबुझ गर्ने, विद्यालयमा के कस्ता कमी कम्जोरी छ खबरदारी गर्न जरुरी रहेको बताइन् ।
उक्त समीक्षा कार्यक्रम नगरपालिका नगर प्रमुख सजरुद्दीन मुसलमानको अध्यक्षतामा प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवाली र वडा नं. १ देखि १३ सम्मको वडा अध्यक्षहरुका साथै विद्यालयका प्रधानाध्यापक, शिक्षक लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।