logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रोहिणीमा ५८ करोड ६९ लाख ५४ हजार बजेट


    १७ साउन २०८१ , बिहिबार

    रोहिणीमा ५८ करोड ६९ लाख ५४ हजार बजेट

    लुम्बिनीखबर

    ढिलो भएपनि नाचगानसहित बजेट सार्वजनिक
    रोहिणी १७ साउन । रोहिणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१र ८२ को नीति तथा बजेट कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार रायमाझीधर्मशाल धकधइ मा १५औ गाउँ साभा मा पालिका अध्यक्ष बिद्या प्रसाद यादव ले नीति तथा कार्यक्रम उपध्यक्ष शिवकन्ती चमार ले बजेट सर्वजनिगरेका थिए गाउपालिका को आर्थिक सामाजिक पुर्वधार बिकास र सस्थागत सुशासन मार्फत गरिबी निवारण गरि स्वच्छ रोहिणि समृद्ध रोहिणि भन्ने नारा लाई अत्मसाथ गरि निति तथा कार्यक्रम बजेट ल्याएको आयोजक ले जनाएको छ । पालिका ले आगामी अर्थिक बर्ष २०८०र०८२ को लागि ५८ करोड ७९ लाख ५४ हजार बजेट ल्याएको छ ।

       भने विनियोजित बजेट आ,ब,०८१र ०८२ मा २ करोड ६१ लाख १४ हजार अन्तिरिक राजस्व संकलन गर्ने ।लक्ष्य रहेको छ । संघि सरकार बाट ४८ करोड ६५ लाख र प्रदेश सरकार बाट ३ करोड ११ लाख १४ हजार बैंक मौज्द ३ करोड ७० लाख जिल्ला समन्वय समिति बाट ७२लाख गरि ५८ करोड ७९लाख ५४ हजार अनुमानित बजेट सर्वजनिक गरे को पालिका ले जनाएको छ । शिक्षा स्वास्थ कृषि पुर्वधार सडक बिजुलि खाने पानी माछा पशु पन्छी औषधि ब्यवस्थापन कृषक प्रोत्साहन माहिला लाई उपाध्यक्ष सुत्केरी प्रोत्साहन व्यक्तिगत घटना दर्ता प्रणाली व्यवस्थितको लागि बजेट वियोजन गरिएको छ। नागरिकको पहुँच कृषिको आधुनिकरण दिगो विकास वातावरण तथा विपद व्यवस्थापन समाजिक सुरक्षा तथा संरक्षण युवा तथा खेलकुद विकास सरसफाईलाई प्राथमिकतामा रहेको अध्यक्ष यादवको भनाइ रहेको थियो। पालिकाको सार्वजनिक प्रशासनलाई जनमुखी जवाफदेही पारदर्शी समावेशी बनाइने गुणस्तरीय शिक्षा स्वास्थ्यमा पहुँच जेष्ठ नागरिकको सम्मान लक्षित वर्गको शासक्तिकरणमा जोड दिने यादवको भनाइ रहेको थियो ।

    बजेटमा विद्यालय पहुँच बाहिर रहेका बीचैमा विद्यालय छाड्ने बालबालिकाको तथ्याङ्क एकिन गरी प्रोत्साहन युक्त प्याकेज सञ्चालन गर्ने मातृभाषाहरूको संरक्षण गर्ने एक घर एक बिरुवा नीति अवलम्बन गर्ने आवश्यक बजेट छुट्याएको रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले बताएका थिए ।

    १५औ गाउँसभामा पूर्व शिक्षक कर्मचारी शास्त्र प्रहरी जनपद प्रहरी पत्रकार समेतलाई सम्मान गरेको पालिकामा गठित सम्मान समितिले जनाएको छ।

    गाउँसभाको खुल्ला सत्र मा शिक्षा समितिका अधिकृत मधु घिमिरेको सञ्चालन रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवको अध्यक्षता प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माको प्रमुख अतिथिता मा प्रमुख प्रशाकिय राकेश चौधरी को उपस्थिति मा वाडा अध्यक्ष इन्द्र कुमार चौधरीको स्वागत मन्तबमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.