logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    पाल्ही सहकारी संस्थाको ८५ लाख रकम हिनामिना


    २० साउन २०८१ , आइतबार

    पाल्ही सहकारी संस्थाको ८५ लाख रकम हिनामिना

    ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
    नवलपरासी, १९ साउन । देश भरमा सहकारीको पैसा हिनामिना काण्डले पश्चिम नवलपरासी पनि बाँकी रहेन । पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०४ पाल्ही स्थित पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडमा ८५ लाख भन्दा बढि रकमको हिनामिना भएको छ ।
    सामाजिक सञ्जालमा यति बेला निकै भाइरल बन्दै गएको यो घटना पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०७९÷०८० को कार्यसमिति र व्यवस्थापकको गैरजिम्मेवारी तरिकाका कारण हाल सम्म लेखा परीक्षण हुन नसकेको । गत असार २९ गते लेखा परीक्षण भई कर चुक्ता लिएका छन् । हाल अहिले २०८०÷०८१ को लेखा परीक्षण बाँकी नै रहेको छ ।
    व्यवस्थापक मुनलाल यादवले गत आर्थिक वर्ष सम्म लिएको पेस्की ३७ लाख १ हजार ९ सय ९० रूपैयाँ हाल सम्म फछ्र्याैट गराउन सकेका छन् भने भएको संस्थाको ४८ लाख ७८ हजार ७ साय ६५ रूपैयाँ सम्म नगद मौज्दात गरी कुल ८५ लाख ८० हजार ७ सय ५५ रूपैयाँ अपचलन भएको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ ।
    सहकारीमा पुरुषको संख्या ९७९ र महिलाको संख्या ३९७ गरी कुल १३७६ सदस्य रहेको यस संस्था हाल व्यवस्थापक मुनलाल यादवको कारण यस वर्ष जोखीम कर्जा कोषमा समावेश ४१ लाख ४१ हजार ९ सय ७९ रूपैयाँ बाहेक ८ लाख १ हजार ९१ रूपयाँ नोक्सान रहेको देखिएको छ ।
    विगतमा संस्था मुनाफामा संचालित आफनै उपयुक्त स्थानमा जग्गा र कम्पाउन्ड, गोदाम र नयाँ पुरानो भवन समेत भएको तथा जोखिम कर्जा कोष बाहेक रु. १ करोड ८ लाख ११ हजार ८७ रूपैयाँ विभिन्न कोषमा रकम भएको यस संस्था यसरी नोक्सानमा जानु सञ्चालक समिति तथा व्यवस्थापकको कमी कमजोरीका कारण भएको स्पष्ट रूपमा देखिन्छ ।

    यसरी व्यवस्थापक मुनलाल यादव र सञ्चालक समितिका कारण ८५ लाख भन्दा बढि रकम हिनामिना भएको तथा ४१ लाख भन्दा बढी घाटामा रहेका कारण संस्था मार्फत वितरण हुने मल, बीउ, ऋण आदिको लाभ जनताले लिन सकेका छैनन् ।
    संस्थाका अध्यक्ष राजकिशोर गुप्ताका अनुसार – संस्थाको संचालक समितिको बैठकले व्यवस्थापकले लिएको पेश्की र नगद मौज्दातको हरहिसाब दिन तथा बाँकी पैसा खातामा जम्मा गर्न पटक पटक निर्देशन दिए पनि हाल सम्म जम्मा नगरेकोले अन्तिम पटक साउन १५ गते सम्म व्यवस्थापकले म्याद लिएका बताए । उनले भने – व्यवस्थापक मुनलाल यादवलाई साउन १५ गते सम्म म्याद लिएका थिए तर हाल सम्म खातामा पैसा जम्मा नगरेको बताए । त्यस्तै व्यवस्थापक मुनलाल यादवले हिसाब किताब मिलान गर्न अझ समय लाग्ने बताए ।
    यसरी हेर्दा देशभर सहकारीले गर्दा लाखौं जनता पीडित भई रहँदा हाल पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ४, ५, ६ र रामग्राम नगरपालिका वार्ड नं ९ का जनता पिडित भएका छन् । व्यवस्थापकले नै लाखौंका रकम हिनामिना गरेका हुनाले जनता पिडित भएका छन् । अपचलित रकम असुल गरी ऋण लगानी तथा जोखिम कर्जा कोषमा लागि सो बराबरको रकम नोक्सान कट्टा गरी संस्थाको वासलातमा सन्तुलन गर्न सकिने तथा दोषीलाई कारबाहीको दायरामा ल्याउन पिडितहरु आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.