लुम्बिनीखबर
सिद्धार्थनगर, २४ साउन । पूर्णरुपमा व्यवस्थापनका साथै बैकल्पिक उपायका साथ काशी नोबल एकेडेमी विद्यालय संचालनमा रहेको छ ।
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका अन्तर्गत पर्ने काशी नोबल एकेडेमी विद्यालयले नगरमा प्रथम र तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
काशी नोबल एकेडेमी विद्यालय विगतको लामो समयदेखि एसईई (कक्षा १०) र राष्ट्रिय परीक्षा वोर्ड अर्थात कक्षा १२ मा सहभागी भएका विद्यार्थीहरुको नतिजालाई हेर्दा उत्कृष्ट देखिएको छ । नगर भित्रका विद्यालयबाट सहभागी भएका हजारौं विद्यार्थीलाई पछाउदैं अर्पिता मल्लिक ३.८१ जिपीए ल्याई नगरकै प्रथम हुन सफल भएकी छन भने आरसी भट्टराई ३.७१ जिपीए ल्याई नगर तृतीय स्थान हासिल गर्न सफल भएकी छन् । त्यसै गरी अंशिका भन्डारी ३.७५ जिपिए ल्याइ विद्यालयमा द्वितीय स्थान हासिल गर्न सफल भएको विद्यालय स्रोतले जनाएको छ ।
नगरपालिका अन्तर्गत विद्यालयहरु मध्ये यो उदाहरणीय विद्यालयको रुपमा स्थापित हुदै गएको देखिन्छ ।
अहिले भर्खरै प्रकाशित प्रवीणता तहको नतिजालाई हेर्दा यस विद्यालयबाट ६९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ६० जना विद्यार्थीहरु उत्कृष्ट अंक ल्याउन सफल भएको विद्यालय स्रोतले जनाएको छ ।
विद्यालय प्रशासनको भनाई अनुसार – विद्यालय भौतिक रुपमा मात्र नभई दक्ष जनशक्ति पूर्वाधार र बैकल्पिक उपायको खोजी गरी मात्र संचालन गरेमा नतिजा उत्कृट देखिने दावी छ ।
विद्यालय प्रशासनका अनुसार – काशी नोबल एकेडेमी विद्यालय गुणस्तरी र व्यवहारिक शिक्षा दिनुका साथै सुपथ मूल्यमा आफनै घर आगन दिदै आएको हुदाँ अभिभावक तथा विद्यार्थी भौतारिनु नपर्ने आफनै विद्यालयको उदाहरणीय बनेको छ ।
प्राज्ञिक र वोद्धिक अभिभावकहरुले हल्लाको भरमा नभई विद्यालयको सत्य, तथ्य र यथार्थ पक्षको बारे आफ्नो नानीवाबुको भर्ना गराउनु आवश्यक रहेको विद्यालय स्रोतको भनाई छ ।
काशीमा व्यवस्थापन संकाय अन्तर्गत कम्यूटर विज्ञान, होटल म्यानेजमेन्ट, फाइनन्स संचालनमा रहेको छ ।
विद्यालयका अनुसार –संकाय नामका लागि होइन, संकायका लागि चाहिने जनशक्ति, भौतिक पूर्वाधारका साथै अन्य बैकल्पिक स्रोतहरु हुनु आवश्यक हुन्छ । यही त्यो सबै भएमा त्यसको उपलब्धीमा पनि उत्कृष्ट देखिन्छ ।
काशीमा व्यवस्थापन संकाय संचालन गर्नुको मुख्य उद्देश्य भनेको भैरहवा क्षेत्रलाई जोडेको छ । भैरहवामा दर्जनौ सामान्य होटल देखि पाँचतारे होटल सम्म संचालन भएको हुँदा व्यवस्थापन संकाय पछि जिवीकोपार्जनका लागि अनुकुल रहेको छ । यस क्षेत्रको प्रमुख व्यवसाय भनेको होटल भएको कारणले हरेक क्षेत्रसंग जोडिएको हुँदा व्यवस्थापन संकाय संचालनमा ल्याएको विद्यालयको प्रधानाध्यापक राजेन्द्र प्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।
व्यवस्थापन संकाय अन्तर्गत अध्ययन गर्ने विद्यार्थीहरुलाई सामान्य होटल देखि पाँचतारे होटलमा प्रत्यक्ष रुपमा विभिन्न कार्याकलापको अनुभव समेत गराउने काम गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
व्यवस्थापन संकाय पढेपछि विद्यार्थी कुनैपनि ठाउँमा आफनो क्षमता र दक्षता अनुसारको पूर्ण रुपमा काम गर्न जनशक्ति यस विद्यालयको आफनो नतिजाबाट नै सावित भएको व्यवस्थापन संकायका कोर्डिनेटर हरिप्रसाद अचार्यले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद घिमिरेका अनुसार – विद्यालय भनेको सामुदायको एक भाग हो । समुदायको हरेक कुरा विद्यालय संग जोडिएको हुन्छ । त्यसकारण नगरपालिका भित्रका सबै विद्यालय गुणस्तरीय र व्यावहारिक शिक्षा उत्कृष्ट दिन आवश्यक छन् । किनभने हाम्रो समुदायमा भएका सम्पूर्ण गतिविधि एक अर्का संग जोडिएको छ ।
विद्यालयका सहप्रधानाध्यापक श्री रायमाझीका अनुसार – नगर स्तरीय रुपमा विद्यालय प्रथम र तृतीय स्थान हुनुमा सबै सरोकारवालको अहम भुमिका रहेको छ ।
रायमाझीले शिक्षाक्षेत्र मानव जिवनको अगुवा गर्ने क्षेत्र भएकाले यसलाई असल कर्मको भावनाले आफुहरुले काम गर्ने गरेको बताउनुभयो ।