अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, ३१ साउन । नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी बयरघाट नवनिर्मित भवन उद्घाटन भएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं–१३ कालिदहमा निर्माण गरिएको बी.ओ.पी भवनको उद्घाटन गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति नायब महानिरीक्षक अभि कुमार खत्रीले उद्घाटन गर्नु भएको थियो ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १३ कालिदहमा सशस्त्र प्रहरी बल नेपाल बी.ओ.पी बयरघाट रुपन्देही स्थापनाका लागि २०७४।०९।१५ गते को पत्रानुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न १३ कालिदहमा १५ कठा जमिनमा बी.ओ.पी बयरघाट रुपन्देहीको नाममा भई स्थानान्तरण गर्ने गरी प्रदान गरेको छ ।
उक्त बी.ओ.पी बयरघाट रुपन्देहीको नवनिर्मित भवन २०७५।०९।२७ गते भौतिक निर्माण कार्य सम्पन्न भएको थियो । बी.ओ.पी बयरघाट रुपन्देहीको नामको ईलाका सीमा दुरी करिब ५ कि.मि रहेको छ ।
बी.ओ.पी बयरघाट रुपन्देहीको ईलाका लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १, २, ४, ५, १२, र १३ रहेको छ । नेपाल सरकार मन्त्री परिषद्को निर्माण अनुरुप स.प्र.नि को कमान्डमा ५० जना रहने गरि वि.ओ.पि बयरघाटको रुपमा रहेको छ ।
नेपाल–भारत सीमामा देश राष्ट्र अखडतालाई तत्कालिन शान्ति सुरक्षामा आई परेको चुनौतीको सामना गर्नको लागि राप, ताप र छापलाई सहन गर्नको लागि तीन ओटा बाहिनिबाट सुरु भएको संगठन हो ।
५ हजार सेना सिमाको नाममा दिन रात खटिएका छन । सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले ८ वर्षअघि बी.ओ.पी स्थापना गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ नम्बर गण हे.क्वाका सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापाले स्वागत तथा भवन निर्माण २०७४ मा सुरुभएको र २०७५ मा भौतिक निर्माण कार्य सम्पन्न भएको जनाउनुभयो ।
ककरहवा बोडर सिमा नाकालाई आगामी दिनहरुमा सिमा सुरक्षा विपत ब्यवस्थापन शान्ति सुरक्षा र भारत सीमा सुरक्षासगै अबैध गतिविधि नियन्त्रण गर्ने ककरहवा नाकाबाट आवतजावत गर्ने यात्रुहरुलाई चेक फ्याट संचालन गर्ने थापाले बताउनुभयो ।
सिमा नाकाको सरसफाइको व्यवस्थापन गर्ने तथा अन्य विभिन्न समस्या समाधान प्रति ध्यान दिने जानकारी दिनुभयो ।
ललिपुरले प्राप्त गरेको ठिक्कामा विनियोजिन रकम ९४ लाख ३७ हजार ८ सय ५४ रुपैयाँ नयाँ भवन निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल बयरघाट वि.ओ.पि ककरहवा कालिदह सिमा नाका प्रहरी निरीक्षक विवेक नेपालले जानकारी दिनुभयो ।
लुम्बिनी–ककरहवा सिमा नाका कालिदह भवन उद्घाटन समारोहमा लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ज्ञवाली लगायतले मन्तव्य राख्नुभएके थियो ।
नगरपालिकाका नगर उपप्रमुख कल्पना हरिजन, ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक कञ्चन तामाङ, स्थानीय समाजसेवी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।